काठमाडौं । नेपाली सेनाले नेपालमा विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकलाई उद्धार तथा आवश्यक सहयोगका लागि नजिकको सुरक्षाकर्मी वा सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, 'विभिन्न उद्देश्यले नेपाल आएका तर हालको अवस्थाका कारण अलपत्र अवस्थामा परेका विदेशी नागरिकहरूले नजिकै तैनाथ सुरक्षाकर्मी वा निकायसँग सम्पर्क गरी सहयोग लिन सक्नेछन्।'
त्यस्तै, सेनाले सम्बन्धित होटल, पर्यटन व्यवसायी तथा अन्य संघ–संस्थालाई पनि ती विदेशी नागरिकहरूको उद्धार र सहयोगका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com