काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, असामान्य परिस्थिति र विमानस्थल वरिपरि देखिएको बाक्लो धुँवाले सुरक्षा चुनौती थपिएको कारण विमानस्थल तत्कालका लागि बन्द गरिएको जनाएको छ।
प्राधिकरणका अनुसार अर्को सूचना जारी नभएसम्म उडान र अवतरण हुन नपाउनेछ। यात्रुहरूलाई अनावश्यक रूपमा विमानस्थल नआउन आग्रह गरिएको छ। विमानस्थल खुल्ने सूचना पाएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी यात्राको तयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com