काठमाडौं । असोज ४ गतेका लागि तय भएको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको २९औं वार्षिक साधारण सभा विशेष कारणवश कार्तिक २५ गते शनिबार आयोजना गरिने भएको छ । जेनजी आन्दोलनका क्रममा विकसित पछिल्ला अकल्पनीय घटनाक्रमले निम्त्याएको मानवीय तथा भौतिक क्षतिका कारण हाल साधारणसभा गर्ने परिस्थिति नभएका कारण बाबियाखर्क साकोसले साधारण सभा सारेको बुझिएको छ ।
एशियाली ऋण महासंघसँगको प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी एक्सेस स्तरीकरण कार्यक्रममा आवद्ध बाबियाखर्क साकोसको यो पटकको वार्षिक साधारण सभा चुनावी समेत हो । साकोसले आगामी कार्तिक २५ गते नै नयाँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन समेत हुने सार्वजनिक सूचनामार्फत सबै सदस्य र सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
साकोसको गत साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले २९औं वार्षिक साधारण सभाको मिति तय गरेको थियो । प्रतिकूल परिस्थितिका कारण साधारण सभाको मिति सारिएको बाबियाखर्क साकोसले जनाएको छ ।
नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे हाल बाबियाखर्क साकोसका अध्यक्ष हुनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com