काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेलगत्तै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन्। ऊर्जा मन्त्रालयमा प्रवेश गरेपछि उनले पहिलो निर्णयका रूपमा डेडिकेटेड र ट्रंक लाइन प्रयोगकर्ताबाट उठ्न बाँकी रकम असुल गर्ने घोषणा गरेका छन्।
यसअघि डेडिकेटेड लाइनको बक्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद भएपछि घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको थियो।
हाल प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। शपथ ग्रहणपश्चात घिसिङ त्रिवि शिक्षण अस्पताल पुगेर आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका आफन्तसँग भेट गरेका थिए। त्यसपछि मात्र उनी सिंहदरबार पुगेका हुन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com