Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

वैदेशिक अध्ययनको क्रम झनै उकालो लाग्दै,  १४ अर्ब ३१ करोड एक महिनामै बाहिरियो

वैदेशिक अध्ययनको क्रम झनै उकालो लाग्दै,  १४ अर्ब ३१ करोड एक महिनामै बाहिरियो

काठमाडौं ।  वैदेशिक अध्ययनको क्रम बढ्दै गएको तथ्याङ्कले देखाएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आर्थिक वर्षको पहिलो महिनामा अध्ययनका लागि रु. १४ अर्ब ३१ करोड खर्च भएकोमा गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ९६ करोड व्यय भएको थियो ।

चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय दुई दशमलव आठ प्रतिशतले कमी भई २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण खर्च २२ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु। १३ अर्ब ३९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब छ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२ दशमलव सात प्रतिशतले वृद्धि भई रु पाँच अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु। चार अर्ब ७७ करोड थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार