Nov 19 2026 | २०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

Follow us

जेनजी आन्दोलनका क्रममा घाइतेमध्ये निजामती कर्मचारी अस्पतालबाट ३६६ जना डिस्चार्ज

जेनजी आन्दोलनका क्रममा घाइतेमध्ये निजामती कर्मचारी अस्पतालबाट ३६६ जना डिस्चार्ज

काठमाडौं। जेनजी आन्दोलनका क्रममा घाइतेभएकाहरुमध्ये निजामती कर्मचारी अस्पतालबाट सामान्य उपचारपछि ३६६ जना डिस्चार्ज भएका छन् । अस्पतालले मंगलबार सूचना जारी गरी आन्दोलनपछि अस्पतालमा ४६१ जना घाइते आएकोमा ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको र ५१ जना अस्पताल भर्ना भएको जनाएको छ । 

यस्तै भर्ना भएकामध्ये ४२ जना डिस्चार्ज रहँदा अझैपनि ९ जना भर्ना भएर उपचाररत छन् । यसैगरी भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको समेत अस्पतालको सूचनामा उल्लेख छ । 

यस्तै सोही अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु समेत भएको थियो । 

548471290_1229769352527675_2548575151179158819_n_GvW0XXcL2s.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार