Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

संविधान दिवसका अवसरमा टेलिकमको अफर

संविधान दिवसका अवसरमा टेलिकमको अफर

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने जनाएको छ । 

उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु. ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’ भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।

यसै गरी ‘डाटा प्याकेज’ अन्तर्गत रु. १११ मा पाँच दिनसम्म चलाउन सकिने छ जिबी, रु. १९९ मा सात दिनसम्म चलाउन सकिने १३ जिबी, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी र रु.३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ । 

टेलिकमले यही अफरअन्तर्गत रु. ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार