काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत् बैंक–वित्तीय संस्थाको खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने बताएको छ ।
माघ १ गतेबाट बैंक खाता खोल्नु पर्दा अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको भए पनि विदेशबाट खोल्दा यो आवश्यक नपर्ने भएको हो । तर, यसरी खाता खोल्नेहरूले नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण बुझाउनु पर्नेछ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो । त्यसैगरी आफ्नो हेरचाह्र आफैँ गर्न नसक्ने, अशक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ । हाल बैंक खाता खोल्दा वा बैंकमा खाता हुनेहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com