Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

समयमै निर्वाचन गराउन तयार छौँ : निर्वाचन आयोग

समयमै निर्वाचन गराउन तयार छौँ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताएको छ । बिहीबार नवनियुक्त गृह एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार रहेको बताए ।

उनले आयोगलाई काम गर्नबाट पन्छिने छुट नरहेको उल्लेख गर्दै निष्ठामाथि प्रश्न गर्ने ठाउँ नदिने प्रतिबद्धता जनाए ।

कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूको सहभागिता हुने र राजनीतिक दल तथा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने स्वतन्त्र उम्मेदवारहरूलाई समेत बिना अवरोध निर्बाध रूपमा प्रचार प्रसार गर्न र आफ्ना धारणा राख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

‘पूर्ण प्रतिस्पर्धात्मक रूपमा निर्वाचनको सामान खरिद गर्न सक्यौँ भने स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन गर्ने र अतिमितव्ययी निर्वाचन गर्ने र निर्वाचन आयोगको निष्ठामा कसैले शंका गर्न दिनेछैनौँ । मुलुकमा शान्ति सुरक्षाको स्थिति खल्बिलिएको छ,’ उनले भने, ‘यो सबै जानेकै विषय हो । सुरक्षाकर्मी बस्ने कतिपय भवन छैन । सुरक्षाकर्मी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कति ठाउँ क्षतविक्षत छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याइदिएमा कानूनमा रहेका बाधाहरू हटेर मतदाता संकलन लगायत कार्यसम्पादनमा सहज हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार