काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले प्रहरीका संरचना नष्ट गर्नु भनेको नागरिककै सम्पत्ति क्षति गर्नु सरह भएको बताउनुभएको छ । जेनजी आन्दोलनको आडमा भदौ २४ गते आगजनी र तोडफोड गरी क्षति पुर्याइएको कागेश्वरी मनोहरा नगरपालिका थलीस्थित प्रहरी चौकी स्थानीय सक्रियतामा पुनर्निमाण सम्पन्न गरी आज प्रहरीहरुलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘जनताको सेवामा आउने प्रहरीले कानुन कार्यान्वय मात्र गर्ने हो, त्यस क्रममा केही उचनिच वा तलमाथि भयो भने त फेरि त्यसको पनि कानुनी प्रक्रिया छदै छ नि, त्यसलाई ख्याल नगरी प्रहरीका संरचना नष्ट गर्नु भनेको नागरिककै सम्पत्ति क्षति गर्नु हो ।’
उहाँले प्रहरीका संरचनाहरुमा क्षति पुग्दा असर नागरिकलाई पर्ने उल्लेख गर्नुभयो । प्रहरी नायब उपरीक्षक रिमालले भन्नुभयो, ‘अस्तिको घटनाका क्रममा जति पनि प्रहरी बिटबाट हामी प्रहरीहरु विस्थापित भयौं, त्यसपछि जनताले पक्कै पनि प्रहरीको आवश्यकता महशूस गर्नुभयो होला भन्ने हामीले अपेक्षा गरेका थियौ र त्यसको एउटा प्रमाण यो हो ।’
उहाँले थप्नुभयो, ‘यहाँहरु सुत्न पाउनुभएन, रातभर गस्तीमा निस्कनुपर्यो, आपराधिक क्रियाकलापहरु बढे वा बढ्न लागे भनेर जुन चिन्ता भयो, त्यसैबाट प्रहरीको काम कर्तव्यको तपाईहरुले अनुभूत गर्नुभयो होला ।’
पछिल्लो समय केही हदसम्म नागरिकको प्रहरीप्रतिको धारणामा परिवर्तन आएको भन्दै उहाँले प्रहरी चौकी प्रहरीको होइन हाम्रो हो भन्ने अनुभूति गरेको मैले महशूस गरेको बताउनुभयो । उहाँले क्षति भए लगत्तै सबै जुटेर थली प्रहरी चौकी पुनर्निर्माण शुरु गरी जतिसक्दो छिटो यति ठूलो क्षति भएको प्रहरी प्रभागलाई पुनर्जिवन दिएको भन्दै त्यसका लागि प्रहरीलाई माया गर्ने सबै व्यक्तित्वहरुप्रति उहाँले हार्दिक आभार समेत प्रकट गर्नुभयो ।
‘एउटा विश्वास लिएर जान चाहन्छु, ’उहाँले भन्नुभयो, ‘जसले प्रहरीको सम्पत्ति, नेपाल सरकारको सम्पत्ति, हामी नागरिकको सम्पत्तिलाई क्षति पुर्याए, तिनीहरुको एक थोपा पनि पसिना र एक रुपैयाँ पनि यो पुनर्निर्माणमा परेको छैन भन्ने विश्वास म लिन चाहन्छु । यो सुनिश्चितता यहाँहरुले गर्दिनुहोला । त्यो नपरोस् भन्ने चाहना छ । र, समय परिस्थितिले यस्तो बनाएको हो, हामी ती व्यक्तिहरुलाई पहिचान गरेर छिट्टै कानुनी कारवाहीमा ल्याउने पनि छौं ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com