Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

बिन्धवासिनी साकोसको ३२औं वार्षिक साधारण सभा सम्पन्न, निर्णय प्रमाणिकरण सभा असोज ८ गते

बिन्धवासिनी साकोसको ३२औं वार्षिक साधारण सभा सम्पन्न, निर्णय प्रमाणिकरण सभा असोज ८ गते

काभ्रेपलाञ्चोक । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२औं वार्षिक साधारण सभा एकाईगत रुपमा सम्पन्न गरेको छ ।

संस्थाले असोज ३ र ४ गते विभिन्न स्थानमा एकाईगत र उप एकाई रुपमा साधारण सभा सम्पन्न गरेको हो । संस्थाले बनेपा, पाँचखाल, ढुखर्क र बानेश्वर एकाई र त्यस अन्तर्गत विभिन्न उप एकाईमा असोज ३ गते साधारण सभा गरेको थियो ।

bind2.jpg

त्यस्तै शनिबार (असोज ४ गते) खोपासी, पनौती र भकुण्डेमा एकाई र त्यस अन्तगर्त उप-एकाईमा साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको निर्णय प्रमाणिकरण सभा भने असोज ८ गते संस्थाको मुख्य कार्यालय बनेपामा हुने प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तानले जानकारी दिनुभयो । हरेक एकाई सभामा निर्णय प्रमाणिकरण सभाका लागि प्रतिनिधि छनोट भइसकेका छन् ।

552312837_1829826114330757_3263569513004957451_n.jpg
साधारण सभा


संस्थामा ५९ हजार ३ सय ७१ सदस्य र १२ हजार १ सय ८६ बाल बचतकर्ता जोडिएका छन् ।

चालु आर्थिक वर्षको असोज २ गतेसम्म संस्थाले ५ अर्ब ४३ करोड २७ लाख ७ हजार ८० रुपैयाँको कारोबार गरेको नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले जानकारी दिनुभयो । सहकारीमा ५४ करोड ९० लाख ७ हजार ५ सय शेयर पुँजी, ४ अर्ब ६ करोड ४५ लाख ८६ हजार ३ सय १५ रुपैयाँ बचत छ भने ३ अर्ब ५४ करोड ३१ लाख १८ हजार ऋण लगानी गरेको छ ।

साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा सदस्य, बाल बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

548865923_1829825140997521_8311557416037544662_n.jpg
साधारण सभा

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार