काठमाडौं। वर्तमान संवेदनशील सुरक्षा परिस्थिति मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा बढ्दो आपराधिक गतिविधिहरू रोकथाम गर्न सर्वसाधारणलाई सहयोगका लागि अनुरोध गरेको छ।
सशस्त्र प्रहरीले आज सूचना प्रकाशन गर्दै सीमा क्षेत्रमा भइरहेको चोरी, तस्करी, घुसपैठ, अतिक्रमण र अन्य आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न आम नागरिकको सक्रिय सहयोग अपरिहार्य रहेको जनाएको छ।
कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी दिन हटलाइन नम्बर ९८५१२९११०० र टोल फ्री नम्बर १११४ वा एसएमएस वाट्स एप भाइवरमा फोन म्यासेज गरेर पनि जानकारी दिन सकिनेछ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा शान्ति सुरक्षाको लागि जिम्मेवारीपूर्वक कार्य गरिरहेको उल्लेख गर्दै नागरिकबाट प्राप्त हुने सूचना सुरक्षाका लागि सहयोगी हुने बताएको छ।
साथै सशस्त्रकै कर्मचारीहरू समेत यस्तो अवाञ्छित क्रियाकलापमा संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com