Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न क्षेत्रका व्यक्तिहरूबाट घृणाजन्य अभिव्यक्ति आएको भन्दै त्यस्तो नगर्न ध्यानाकर्षण गराएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै आयोगले केही व्यक्ति, समूह र दलका नेताहरूबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने अवस्थाप्रति ध्यानाकर्षण गराएको हो ।

‘विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवम् कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय हो,’ आयोगले भनेको छ, ‘तर यस्ता अभिव्यक्तिहरू संयमित, मर्यादित र मानव अधिकारको मूल्य मान्यताको परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ ।’

हिंसात्मक कार्यलाई प्रश्रय पुग्ने गरी गतिविधिहरू नगर्न र विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार