Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

जेनजी आन्दोलनले प्रभावित निजी क्षेत्रलाई सरकारको राहत

जेनजी आन्दोलनले प्रभावित निजी क्षेत्रलाई सरकारको राहत

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको व्यापारिक प्रतिष्ठान, उद्योगलगायतलाई राहत पुग्नेगरी सरकारले निर्णय गरेको छ । अर्थमन्त्री रामेश्वर खनालका अनुसार तीन करोडभन्दा तलका टुक्रे आयोजना र राजनीतिक दबाबका कारण राखिएका आयोजना अहिले स्थगित गरिएको छ ।

“भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना, सवारी साधन, मेसिनरी औजारहरु सबै खाताबाट मिनाहा गर्ने र लिलाम बिक्री गर्ने निर्णय गर्ने निर्णय भएको छ,” खनालले पत्रकारहरुसँग कुरा गर्दै भने, “जिल्लामा प्रमुख जिल्ला अधिकारीले र केन्द्रमा सहरी विकास मन्त्रालयले सहजीकरण गर्नेछ ।”

त्यसैगरी असामान्य स्थितिबाट असर पुगेका व्यापारिक प्रतिष्ठान, उद्योग र आर्थिक गतिविधिलाई तत्काल सुचारु गर्नका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीले राहत सुरु गर्ने निर्णय भएको छ ।

“ध्वस्त भएका सम्पत्तिको पुनःनिर्माणका लागि आयात गरिने आयातित सामग्रीमा ५० प्रतिशतसम्म छुट दिने निर्णय भएको छ । बिमाबाट क्षतिको अग्रिमरुपमा नै ५० प्रतिशतसम्म दिनुपर्ने गरी बिमा प्राधिकरणले व्यवस्था मिलाउनेछ,” उनले भने, “प्रभावितहरुले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने व्यवस्था पनि गरिएको छ । कर्मचारीको जागिर नजाओस् भनेर कर्जा लिएर भुक्तानी गर्न सक्नेलालाई सहुलीयत कर्जा, भुक्तानी गर्न नसक्नेले पुनर्निर्माण कोषबाट दिन सकिने व्यवस्था गरिएको छ ।”

त्यसैगरी खर्च कटौती गर्नका लागि तीन करोडभन्दा कमका टुक्रे आयोजना, त्यसमाथिका पनि राजनीतिक दबाबमा राखिएका योजना १२० अर्ब बच्न सक्ने हुनाले त्यो रोक्का राखिएको छ । 

सम्बन्धित मन्त्रालयले त्यसमा छुट्टयाइएको रकम निर्माण व्यवसायीलाई दिन सक्ने व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार