Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने

अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने

काठमाडौं । अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो । 

विभागले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी गराएको हो ।

Scan_20250924_notice_compressed_page-0001_11zon (2)_11zon.jpg
सूचना

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार