मेरो नाम Luc Birtheot हो । करिब दुई साता भयो नेपाल आएको । म दोस्रो पटक नेपाल आएको हुँ । र, यो पटक करिब ६ महिना नेपाल बस्छु । फेब्रुअरी ४ मा मात्रै फ्रान्स फर्कन्छु । यो पटकको नेपाल बसाइमा यहाँको विविधता समेटेर डकुमेन्ट्री (वृत्तचित्र) बनाउँदैछु । यसअघि पनि मैले छोटा चलचित्र, वृत्तचित्रहरु बनाएको छु । मैले खासमा पढेको पनि सिनेम्याटोग्राफी नै हो । नेपालको प्राकृतिक सौन्दर्य, वाइल्ड लाइफ, जनजीवन, संस्कृति अत्यन्त मनमोहक लाग्यो । पहिलो भ्रमणमै नेपालबाट मोहित भएर पुनः आएको छु र यो पटकको भ्रमणलाई अविष्मरणीय बनाउन तथा नेपालबारे अन्य धेरैलाई जानकारी गराउन आफ्नो कलाकोमार्फतबाट प्रयास गर्नेछु । यो मेरो प्यासन पनि हो प्रोफेसन पनि ।
युरोप, अमेरिकातिरको जनजीवन सतही छ, नेपालको भने वास्तविक लाग्यो । रियल, जेन्यून र अथेन्टिक छ-यहाँको जनजीवन । हामीले फ्रान्समा मात्र होइन सम्पूर्ण युरोप र अमेरिकामा नै यस्तो जीवन पाउँदैनौं । यहाँका रमाइला र मौलिक दृश्यहरु जुनैबेला पनि खिच्न पाइने । प्रत्येक मिनेटमा नेपालमा खिच्नलाई विविधता पाइन्छ । स्टोरी टेलिङ गर्न सकिन्छ । साथै सडकमा पनि छायाङ्कन गर्न पाइने सुविधा छ । सिनेमा र कलामा रुचि राख्ने हामीजस्ताका लागि यो अन्यन्त खुसीको कुरा हो । यहाँ त जे जहाँ पनि खिच्दा त्यो सिर्जनात्मक हुन्छ ।
अब म केही समयपछि कन्चनजङ्घा आधार शिविर, मनासलु, आदि जान्छु । कोही इच्छुक व्यक्ति भेटिएमा सँगै विभिन्न ठाउँमा गएर लामो समय बसी जङ्गली जनावर रेड पान्डाहरु हेर्ने इच्छा छ । तिनलाई क्यामेरामा कैद गर्न लालायित छु । केही सहयोगी परिवार भेटेमा उनीहरुसँगै लामै समय बसेर छायाङकन गर्ने इच्छा छ । जनवरीमा फ्रान्सबाटै एउटा साथी आउँदैछ जसले मलाई भिडियो सम्पादनमा पनि सहयोग गर्नेछ । अनि, नेपालसम्बन्धी यो वृत्तचित्र बनाएर कुनै स्ट्रिमिङ प्ल्याटफर्ममा राख्नेछु ।
(विश्व पर्यटन दिवस २०२५ को सन्दर्भमा वसन्तपुरमा आज भेटिएका २४ वर्षीय फ्रान्सेली युवा पर्यटक ल्युकसँग गरिएको संक्षिप्त कुराकानीमा आधारित)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com