ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा उपभोक्ता हित विपरीतका गतिविधि नगर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्री वितरण गर्नेलगायत उपभोक्ता हित विपरीतका कार्य नगर्न सचेत गराएको हो ।
सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएकोभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन र ट्राफिक नियम पालना गर्न जिल्ला प्रशासनले सबैलाई अनुरोध गरेको छ । चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्नरनगराउन कार्यालयले सूचनामार्फत सबैलाई सचेत गराएको हो ।
साथै, गैर कानुनी रूपमा चिट्ठा, जुवातास, अनलाइन सपिङका नाममा हुने अवैध कारोबार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई ध्यानाकर्षण गराएको छ । जिल्लावासीलाई सार्वजनिक स्थलमा होहल्ला नगरी सभ्य र मर्यादित तरिकाले चाडपर्व मनाउन आग्रह गरिएको छ । गैर कानुनी गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।
प्रशासन कार्यालयले बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा सबैलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य शुभकामना व्यक्त गर्दै सूचना जारी गरेको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com