दशैंको पाँचौ दिन चल्दै छ । गाउँमा दशैका लागि किनमेल गर्ने र विभिन्न उद्देश्यले घर बाहिर रहेका परिवारका सदस्य घर फर्कने लहर चल्दैछ । तर भीमेश्वर नगरपालिका वडा नम्बर ५ का हस्त बहादुर दमाईको घरमा भने न दशैंका लागि भनेर फर्कने कोही थिए न किनमेलको तयारी नै । उमेरले ५५ नाघेका हस्त बहादुर शारीरिक रुपमा अपाङ्ग छन् । उनको हातखुट्टा राम्रोसँग चल्दैनन् । लठ्ठीको सहाराले यताउता हिड्डुल गर्छन् । हुन त उनक दुई सन्तान र श्रीमती पनि छन् । तर आम्दानीको नियमित स्रोत नभएकाले उनीहरुको पालनपोषणको जिम्मा हस्त बहादुरकै मा छ । मागीडोली गरेर जीविकोपार्जन गर्दै आएका हस्त बहादुरको बस्नका लागि एउटा साँघुरो कटेरो छ । सडकमै जोडिएको भएपनि उन्को टहरोले मुहार फेर्न भने सकेको छैन । कसैले दयामायाले दिएको पैसा तथा खानेकुरा नै उनका लागि बाँच्ने आधार हुन अनि सरकारले दिएको थोरै भत्ताले उनको औषधीउपचार र घर खर्च चलेको छ ।
भीमेश्वर नगरपालिका ३ मा मुख्य कार्यालय रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्षको दशैंमा विपन्न तथा असहाय नागरिकको परिवारमा पनि खुशी ल्याउने उद्देश्यका साथ वडाबाट ३ जना विपन्न तथा असहाय नागरिकको नाम सिपारिस गर्न पत्र जान्छ । वडाका जनप्रतिनिधिले आफ्नो क्षेत्रका विपन्न मध्येका नागरिकका बारेमा छलफल गर्छन् अनि सबैको सहमतिमा पर्छन हस्त बहादुुुर । वडाले सिफारिस गरेअनुसार चाडपर्व केन्द्रित खाद्यन्नको प्याकेज लिएर हाम्रो जनकल्याणको टिम वडा कार्यालय पुग्छ । हस्त बहादुर खबर पाएपछि फुरुङ्ग हुँदै सहयोग प्राप्त गर्न लठ्ठीको सहार लिएर आउँछन् अनि भन्छन् ,'मेरो भगवानहरु आउनुभयो । मलाई वर्षैपिच्छे सम्झनु हुन्छ ।' भावुक मुद्रामा भन्छन् 'बेसहारा बन्नु बेकार छ ।' सँगै बसेकी ८० वर्ष नाघेकी उनकी आमा छोराको अवस्था देखेर सुकसुकाउँदै भन्छिन्य, 'सकोभन्दो बेहाल छ । कमाउन सक्ने लाखापाखा लागिहाले नहुनेलाई कसले हेर्छर ।' आफ्नो पनि त्यस्तै पीडा भएको बताउछिन् उनी ।
त्यस्तै पीडामा परिवारको गुजारा चलाइरहेका भीमेश्वर नगरपालिका वडा नम्बर ७ का भोटे सार्की पनि वडाले नाम सिफारिस गरेपछि सहयोग प्राप्त गर्न वडा कार्यालयमा आइपुगेका थिए बिहान ९ बजे । 'कति वर्षको हुनुभयो ?' भन्दा उनलाई उमेर पनि थाहा छैन् । तर उनका २ सन्तान र श्रीमती छिन् । सम्पत्तिका नाममा थोरै जग्गा छ । ज्यालामज्दुरी नै उनको जीविकोपार्जनको स्रोत थियो । वडा अध्यक्ष विनोद तामाङ आफ्नो वडामा त्यही प्रकृतिका ७ परिवार भएको र उनीहरुलाई जनप्रतिनिधिको सुविधाबाट केही सयहोग गर्ने बताउँदै ३ जनालाई हाम्रो जनकल्याणले दिएको सहयोग ठूलो भएको बताउनुहुन्छ । सहयोगले पक्कै खुशी ल्याएको बताउनुहुन्छ भीमेश्वर नगरपालिका ८ का डम्बर माया मगर ।
उमेरले ४५ वर्ष टेक्दै गरेकी मगरको परिवारमा दुई वटा सन्तान छन् । चाडबाडको मुखमा सबैतिर चहलपहल छ । तर आफ्नो परिवारमा सामान्य अवस्था रहेको बताउँदै डम्बर माया खाद्यन्न सहयोग प्राप्त भएकोमा खुशी हुनुहुन्छ । खाद्यन्न सहयोग वितरण गर्दै हाम्रो जनकल्याण गरिबको सहकारी बन्न सफल भएकोमा सहयोगको निरन्तरताको अपेक्षा गर्नुहुन्छ वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी । वडा नम्बर ३ बाट सिफारिस भएका उर्मिला रिजाल अद्बैसें हुनुहुन्छ । उनको नाममा भएको ३ आना जग्गामा समेत परिवारका अन्य सदस्यले अरुकै नाममा पास गरिदिएपछि उनको नाममा केही छैन । कमाउने सामथ्र्य पनि छैन ।
त्यस्तै समस्याकी हुनुहुन्छ -साइली तमाङ र मनमाया श्रेष्ठ पनि । अत्यन्तै पीडामा रहेको अर्को एउटा परिवारलाई पनि सहयोग गरिदिन वडा अध्यक्ष सहित केही युवाहरुले आग्रह गरेपछि थप एक जनालाई समेत सहयोगका लागि संस्था तयार भएको थियो । वडाले सिफारिस गरेका विपन्न परिवार सहित वडामा भेटिएका भीमेश्वर नगरपालिका ४ का वडा अध्यक्ष तारानाथ चौलागाई हाम्रो जनकल्याण स्थानीय सरकारको साझेदार भएकोमा धन्यवाद दिदैं धेरै विपन्न र असहाय नागरिक मध्ये ३ जना छान्न गाह्रो भएपनि वडाका २७ जनामा वितरण गरिएको सयहोग ठूलो भएको बताउनुहुन्छ । वडा नम्बर ४ बाट सजिना नेपाली, सोम बहादुर श्रेष्ठ र छलीमाया नगरकोटी हुनुहुन्छ । सिफारिस गरेका नागरिकलाई भेटाउन वडा कार्यालयमा कुरिरहेका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले दोलखा बजारबाट झण्डै ४ किलोमिटर तल रहेको डोक्थली जान आग्रह गर्नुभयो । बिचमा बुदमान थामीलाई सहयोग वितरण गर्दै संस्थाको टिम डोक्थली पुग्छ ।
८४ वर्षकी शान्तिमाया थामी अविवाहित हुनुहुन्छ । उमेर हुँदा सबैले सहयोग गर्दै आएकी शान्तिमाया अहिले कसैले केही दिए लिने नभए उनका लागि जीविकोपार्जन कष्टकर बन्दै गएको छ । भाइहरुको सन्तानको सामान्य रेखदेखमा रहेकी शान्ति माया खाद्यन्न सहयोग पाएपछि मुस्कुराउँदै मलाइई चामल लगायतको सहयोग आएकोमा सबैलाई नमस्कार भन्नुहुन्छ । त्यस्तै खुशी बाढ्नुभयो वडा नम्बर १ की ८० वर्षे मिठु थामीले । घरमा आफूभन्दा दयनीय अवस्थामा रहेका श्रीमानलाई सम्झदै उमेर ढल्कदै गएपछि कसले सहयोग गर्छन् ? दशैंको बेला प्राप्त भएको खाद्यन्न सहयोगले आफूलाई खुशी बनाएको बताउनुभयो ।
शारीरिक अपाङ्गता कै कारण परिवारको पालनपोषणमा रहेका भीमेश्वर नगरपालिका ९ का टुल्कु तामाङका लागि पनि खाद्यन्न सहयोगले खुशी ल्याएको छ । सामान्य हिड्डुल गर्ने भीमेश्वर नगरपालिका ९ का ध्यान ब जोगी र कुमार तामाङको पनि आम्दानीको स्रोत केही नभएकाले खाद्यन्न सहयोग खुशी बनेर आएको छ । थप सहयोगको अपेक्षा सहित भीमेश्वर वडा नम्बर ६ का वडा अध्यक्ष नबीन कुमार लामाले बचत तथा ऋणको कारोबारलाई सुरक्षित राख्दै सामाजिक कार्यमा समेत स्थानीय सरकारसँग साझेदारी गर्दै आएको हाम्रो जनकल्याणले चाडपर्वको मुखमा जुन सहयोग वितरण गर्यो त प्रशंसनीय र उदाहरणीण् भएको बताउनुभयो । वडा नम्बर ६ बाट सहयोग प्राप्त गर्ने कल्याणी भुजेल एकल हुनुहुन्छ तर उहाँसगै रहेका एक बहिनी र बहिनीको छोरी समेत पाल्ने जिम्मेवारी छ ।
चाडपर्वमा हाम्रो जनकल्याण भन्ने कार्यक्रम अनुसार सहकारीले भीमेश्वर नगरपालिकाका ९ वटा वडाबाट सिफारिस भएका २७ जनालाई मासु बाहेकको खाद्यन्न प्याकेज वितरण गर्ने गरेको संस्थाका अध्यक्ष राजन श्रेष्ठ बताउनुहुन्छ । हितकोषमार्फत वितरण हुने खाद्यन्न सहयोगलाई थप स्रोत जुटाएर आगामी वर्ष थप संख्यामा सहयोग वितरण गर्ने योजना रहेको संस्थाका प्रमुख कार्याकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com