काठमाडौं । सभामुख देवराज घिमिरेले विपद्मा सरकारको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् । आइतबार सन्देश जारी गर्दै उनले असोज १६ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण जनधनको ठूलो क्षति भएकोमा गहिरो दुःख र मर्म व्यक्त गरेका छन् । विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्दै उनले उद्धार र पुनर्स्थापनामा सरकार र सम्बद्ध निकायहरूको सक्रियताप्रति प्रशंसा व्यक्त गरेका हुन् ।
सभामुख घिमिरेले सन्देशमा लेखेका छन्, “सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दछु । साथै, पीडितहरूको राहतका लागि निरन्तर ध्यानाकर्षण गराउँछु।”
उनले चुनौतीपूर्ण घडीमा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै भनेका छन्, “राहत तथा उद्धार कार्यमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशवासीमा अपिल गर्दछु।”
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com