काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानहरूमा नोभेम्बर १ देखि शतप्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले अमेरिकाले महत्वपूर्ण सफ्टवेयरमा पनि निर्यात नियन्त्रण लागु गर्ने घोषणा गरेका छन् । उनले चीन निकै शत्रुतापूर्ण बन्दै गएको र उसले विश्वलाई बन्दी बनाउन खोजिरहेको आरोप लगाए । दुई मुलुकबीचको व्यापार सम्झौता एक महिनाभित्र समाप्त हुन लागेका समयममा नयाँ तनाव चुलिएको छ ।
यो घोषणा चीनले दुर्लभ खनिजको निर्यातमा नयाँ प्रतिबन्ध लगाएको एक दिनपछि आएको हो । ट्रम्पले चीनको उक्त कदमको कडा आलोचना गरेका थिए । दुर्लभ खनिज (Rare Materials)हरू चिप्स र विद्युतीय उपकरण निर्माणका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै चीनले विश्वभरका देशहरूलाई शत्रुतापूर्ण सन्देश पठाएको भन्दै नोभेम्बर १ देखि लगभग सबै उत्पादनमा निर्यात नियन्त्रण लगाउने तयारी गरेको बताए । ट्रम्पको घोषणापछि अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । उनले चीनका राष्ट्रपति सी चिनफिङसँग दक्षिण कोरियामा हुने भनिएको भेटवार्ता रद्द गर्ने चेतावनी समेत दिएका छन् ।
अमेरिका र चीनबीचको हालको व्यापार सम्झौता एक महिनाभित्र समाप्त हुन लागेका बेला दुई देशबीचको यो नयाँ तनाव थप चुलिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com