काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका वडा नं ५ अमाही वेल्हास्थित प्रगति बचत तथा ऋण सहकारी संस्था लि.को २०औं वार्षिक साधारणसभा सर्वसम्मत नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण चयन गर्दै सम्पन्न भएको छ । साकोसको ९ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा चन्दनकुमार चौधरी तथा लेसुस संयोजकमा बैसनाथ चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । सभाले सदस्यहरुलाई १५ प्रतिशत लाभको अंश प्रदान गर्ने निर्णय पारित समेत गरेको छ ।
यसैबीच, साधारणसभाकै अवसरमा साकोसले विभिन्न सम्मान तथा पुरस्कार कार्यक्रम पनि गरेको छ । सो अवसरमा साकोसका ऋण अधिकृत सुरेन्द्र कुमार चौधरी उत्कृष्ट कर्मचारी घोषित भई पुरस्कृत हुनुभएको छ भने ७२ वटा लघुवित्त समूमध्ये ३ समूहलाई उत्कृष्ट लघुवित्त समूह पुरस्कार घोषित गरी सम्मानित गरिएको छ ।
यस्तै, ३ उत्कृष्ट ऋणी सदस्य, ३ उत्कृष्ट बचतकर्ता सदस्य, ३ जना बालबचतकर्ता, ५ जना ज्येष्ठ नागरिक, २३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि सम्मानित गरिएको प्रमुख कार्यकारी अधिकृत उमेश कुमार चौधरीले जानकारी गराउनुभयो ।
प्रगति साकोसले नियामकीय निर्देशन अनुरुप गैरसदस्यरहित, अतिथिरहित, ब्याजफूलमालारहित तरिकाले वार्षिक साधारणसभा सम्पन्न गरेको बताउँदै प्रमुख कार्यकारी अधिकृत चौधरीले भन्नुभयो, साधारणसभामा उपस्थित सदस्यहरुलाई भत्ता दिने अभ्यास हाम्रोमा विगतदेखि नै छैन ।
२३ करोड ६५ लाख ४४ हजार बढी कूल सम्पत्ति रहेको प्रगति साकोसको शेयर पुँजी १ करोड ३८ लाख ६१ हजार बढी छ भने कुल बचत ११ करोड ४१ लाख ४१ हजार ३ सय बढी रहेको छ । यस्तै, ऋण लगानी १८ करोड बढी छ भने साधारण जगेडा कोषमा ५ करोड ५१ लाख ८५ हजार बढी तथा अन्य कोषहरु ११ करोड ७२ लाख ३२ हजार रुपैयाँ बढी छ ।
संस्थामा आवद्ध कूल ३ हजार सदस्य मध्ये साधारणसभामा २५ सयको सहभागिता रहेको थियो । साकोसको सबैभन्दा सबल पक्ष नै यसको संस्थागत पूँजी हो जुन २४.१५ प्रतिशत छ । सम्भवतः यतिको बलियो संस्थागत पुँजी रहेको यो मुलुकको एकमात्र साकोस हो ।
'मर्यादित सहकारी: समुन्नत समाज' को परिकल्पना लिएको प्रगति साकोसले साँच्चिकै प्रगति गरेको विचार साधारणसभामा व्यक्त भएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com