काठमाडौं । जेनजीको मागअनुरुपनै भोटेकोसी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर दिने सहमति भएको छ। भोटेकोसी पावर कम्पनी प्राइभेट लिमिटेडले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित बासिन्दा समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति जनाएको हो।
कम्पनीले भोटेकोसीका स्थानीय बासिन्दाहरूको प्रतिनिधित्व गर्ने भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग यो सहमति गरेको हो। यद्यपि, स्थानीयलाई दिने भनेको १० प्रतिशत सेयर यसअघि २०७१ पुस ९ को सम्झौतामा ४ प्रतिशत बढाई १० प्रतिशत कायम गर्ने सहमतिपत्रमा उल्लेख छ। २०७१ मा ६ प्रतिशत सेयर स्थानीयका नाममा कायम गर्ने सम्झौता भएको थियो।
उक्त सहमतिपत्रमा जेनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष फुर्पा शेर्पा, सदस्यहरू सांगे शेर्पा, वीरबहादुर लामा र मिङमार शेर्पाले हस्ताक्षर गरेका छन् भने आयोजना प्रवर्धकका तर्फबाट कम्पनी सचिव विश्वमोहन कर्माचार्य, सहायक महाप्रबन्धक बबिन प्रधान र सहायक प्रबन्धक प्रेम साउँदको सही छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com