एजेन्सी । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अनुसन्धानकर्तालाई प्रदान गरिने घोषणाभएको छ । नोबेल पुरस्कार समितिले नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने जोएल माकर, फिलिप एगिअन र पिटर हाउइटलाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कारको एक भाग प्राविधिक उन्नतिमार्फत हुने दीर्घकालीन वृद्धिका आधारभूत पक्ष पहिचान गर्ने माकरले तथा बाँकी भाग सिर्जनात्मक विनाशमार्फत दीर्घकालीन वृद्धिको सिद्धान्त प्रतिपादन गर्ने एगिअन र हाउइटले पाउने समितिले जनाएको छ ।
माकर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । यस्तै एगिअन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाउइट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
योसँगै यस वर्ष नोबेल पुरस्कार पाउने विजेताहरूको घोषणा समाप्त भएको थियो । यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिर्फको नोबेल पुरस्कार घोषणा भएको थियो ।
भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टकहोममा प्रदान गरिन्छ । यस्तै नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा प्रदान गरिन्छ ।
हरेक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउँछन् । नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोहका बीच वितरण गरिन्छ । यस दिन अल्फ्रेड नोबेलको स्मृति दिवस पर्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com