काठमाडौं । नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेको छ । टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल विश्वपकको समीप पुगेको हो । हिजो भएको खेलमा नेपालले कतारलाई ५ रनले हराएको थियो । नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा एक सय ४२ मा अल आउट भयो ।
सन्दीप लामिछानेले ३ ओभर ५ बल बलिङ गर्दा १८ रन खर्चेर ५ विकेट लिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिएको सन्दीप लामिछानेको यो दोस्रो पटक हो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।
सुपर ६ मा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराएको थियो । सुपर ६ मा नेपाल र ओमानको समान ६ अंक छ । नेपालले भोलि ओमानसँग खेल्नेछ । भोलिको खेल विश्वकप छनोटका लागि निर्णायक बन्नेछ । नेपालले अन्तिम खेल आउँदो शुक्रवार सामाओसँग खेल्नेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com