Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाल सम्बत् चेस स्पर्धामा निकेन कुसाथा विजयी

नेपाल सम्बत् चेस स्पर्धामा निकेन कुसाथा विजयी

४ कार्तिक, भक्तपुर। नेपाल सम्वत ११४६ नयाँ वर्षको उपलक्ष्यमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलमा जिल्लाव्यापी बुद्धिचाल खेल सम्पन्न गरेको छ।  बुद्धिचाल खेलको ३ मिनेट २ सेकेन्ड इनक्रिजमेन्ट द्रुत गतिको खेलमा ५२ जना प्रतिस्पर्धी मध्ये दोश्रो वरियताका निकेन कुसाथा विजयी भएका छन्। १९४६ रेटेड निकेनले सात चरणको खेलमा ६.५ अङ्क जोड्दै प्रथम स्थान हासिल गरेका छन्।

यससँगै उनले नगद पुरस्कार हात पारे। यस्तै १८८७ रेटेड विजय जतिले ६ अंक जोडेर प्रोग्रेसिभ ३०.५ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गरेका छन्। १७९२ रेटेड जगन्नाथ ताम्राकार समान ६ अंक जोडेर पनि उहि प्रोग्रेसिभ २६.५ पोइन्टका आधारमा तृतीय बन्न पुगे। यसैगरी पहिलो बरियताका १९८८ रेटेड खेलाडी राजेश कक्षपति ५ अंक बनाएर चौथो स्थानमा रहँदै प्रतियोगिता को अन्त्य गरेका छन्।  राजेश संगै समान ५ अंक तर प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं देखि नवौं स्थानमा क्रमश: १८५१ रेटेड विकास कुलुजु, १९१६ रेटेड सुमन सुवाल, १७४२ रेटेड प्रेम खड्का, १८२२ रेटेड निर्मल सुवाल, १९१७ रेटेड राजाराम दुवाल र दशौं स्थानमा ४.५ अंक जोडेका १८७५ रेटेड गणेश अवाल रहे।

e63ea0c0-2d90-463e-8387-bf0dce956ada.jpg
undefined

भक्तपुर जिल्ला बुद्धिचाल संघले वर्षेनी यसै दिन बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै आइरहेको संघका अध्यक्ष बद्री केदारले बनाए। नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य निरञ्जन प्रजापतिले ‘नेपाल सम्बत् राष्ट्रिय सम्बत्’ न्हूदँ ११४६ को उपलक्ष्यमा नयाँ क्यालेण्डर प्रकाशन गर्दै तिथिमिथिको विषयमा पूर्ण जानकारी गराउने उद्देश्य पूरा भएको बताएका छन्।

cbfb0ff4-4b08-476e-865c-555f3405e0b7.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार