काठमाडौं । वर्षौंदेखि अलपत्र सिँचाइतर्फका १२ वटा ठेक्का तोडिएको छ । जनताको तटबन्ध कार्यक्रमअन्तर्गतका १२ ठेक्का तोडिएका हुन् भने बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोड्ने तयारी छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निर्देशनपछि काम नगर्ने ठेकेदारविरुद्ध कार्यसम्पादन जमानत जफतसहित कानुनी कारबाही शुरू गरिएको हो । सडक क्षेत्रका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि अघि बढेको छ ।
सडक विभागअन्तर्गत तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्ज डिभिजनले पनि ४० ठेक्का तोड्ने प्रक्रिया थालेका हुन् । १५ दिनभित्र ठेकेदारले ठोस कारण वा कार्यतालिका नदिएमा ठेक्का रद्द गरी कालोसूचीमा राख्ने तयारी गरिएको सूचनामा उल्लेख छ ।




Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com