काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको बैठकका निर्णयहरू आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार बैठकले मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औं इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति प्रदान गरेको छ। त्यस्तै, राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि माघ ११ गते आइतबारका लागि निर्वाचन मिति तोक्ने निर्णय गरिएको छ।
बैठकले विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानूनी सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय पनि गरेको छ। साथै, संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची-२ मा हेरफेर गरी पदाधिकारी तथा सदस्य सचिवालयको दरभर्दी घटाउने निर्णय गरिएको छ।
कतारको दोहामा २०८२ कात्तिक १७ देखि २० गतेसम्म हुने सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्टमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी गराउने स्वीकृति प्रदान गरिएको छ। त्यस्तै, थाइल्यान्डको बैंककमा मंसिर १ देखि ३ गतेसम्म आयोजना हुने टोकियो र बैंकक कन्भेन्सन कमिटीका बैठकमा शिक्षा सचिव चूडामणि पौडेललाई सहभागी हुन स्वीकृति दिइएको छ।
बैठकले समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन संरचना गर्न पूर्ण स्वीकृति प्रदान गरेको छ। साथै, वैदेशिक रोजगार, अदालतका मुद्दा व्यवस्थापन, वैदेशिक अध्ययन अनुमति, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन र अध्यागमन सेवासम्बन्धी तथ्याङ्कमा राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमार्फत पहुँच उपलब्ध गराउने व्यवस्था गर्न सेवा तोकिएको छ।
यसैगरी, बैठकले नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ। छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com