काठमाडौ । भारत र अमेरिकाले आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी रक्षा सचिव पिट हेगसेथ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच मलेशियाको राजधानी क्वालालम्पुरमा भएको बैठकपछि सम्झौता घोषणा भएको हो ।
यो सम्झौताले समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहयोग बढाउनुका साथै क्षेत्रीय स्थिरता र प्रतिरोधलाई अगाडि बढाउने अमेरिकी रक्षा सचिव हेगसेथले जनाएका छन् ।
यस्तै भारतीय रक्षामन्त्री राजनाथ सिंहले सम्झौताले दुई देशबीच विद्यमान रक्षा साझेदारीमा नयाँ युगको शुरुआत गर्ने सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जनाएका छन् ।
दुई देशबीच बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगतर्फ अग्रसर गराउने खबरमा उल्लेख छ । भारत र अमेरिकाले आफ्नो रक्षा सम्बन्धलाई निरन्तर बढाउँदै लगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएपछिको तनावपूर्ण सम्बन्धलाई अन्त्य गर्ने प्रयास गरिरहेका बेला यो रक्षा सम्झौता भएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com