काठमाडौं । भोलिदेखि मुलपानी क्रिकेट ग्राउण्ड (एमसीजी-तल्लो) मा शुरु हुने नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ को अन्तिम तयारीमा रहेको कर्णाली हाइल्याण्डर्सले आज अपरान्ह मैदानमा फोटो तथा भिडियो सुट गरेको छ । सुटका लागि टीमका सबै खेलाडीहरु र ओनहरु मैदानमा उत्साहित देखिन्थे । सोही कारण उनीहरुले उत्साहपूर्वक सहभागिता समेत जनाएका थिए ।
टीमका तीन जना ओनरमध्येका एक अनन्त गौतमले एनएसपीएलका लागि कर्णाली हाइल्याण्डर्सको तयारी अत्यन्त राम्रो भएको दाबी गरे । आज अपरान्ह एमसीजीमा भेटिएका तीनै जना ओनरले टीम सन्तुलित भएको भन्दै कम्तिमा प्ले अफसम्म सजिलै पुग्ने विश्वास व्यक्त गरे । कर्णाली हाइल्याण्डर्सले आफ्नो पहिलो खेल भोलि साँझ पोखरा फ्यालकन्ससँग खेल्नेछ । रातीको खेलका लागि फ्लडलाइटको पनि व्यवस्था गरिएको छ ।
कर्णालीप्रतिको समग्र मुलुक र मुलुकबासीहरुको दृष्टिकोण परिवर्तन गर्ने र नीति निर्माणदेखि सबै तहसम्म प्रदेशको महत्ता र आवश्यकता उजागर गर्न टेवा पुग्ने विश्वाससहित टीमले ट्यागलाइन नै ' कर्णाली म्याटर्स] राखेको टीम ओनर अनन्त गौतमले धिप्री डटकमलाई जानकारी गराए ।
डिजिआर स्पोर्ट्सको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको टेनिस बल नाइट क्रिकेट नोभेम्बर ३ देखि १० सम्म असोज १५ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ । यसअघि नोभेम्बर १ देखि हुने तय भएको खेल वर्षाका कारण स्थगित गरिएको थियो । मुलपानीस्थित क्रिकेट मैदान अत्यधिक भिजेकाले शनिबारबाट नै सुरु हुने खेल वर्षाका कारण स्थगित गरी भोलिबाट हुने जानकारी गराइएको थियो ।
यद्यपि, ग्राउण्ड अझै भिजेको भएपनि आज र भोलि बिहान पानी नपरे खेल सञ्चालनमा सहज हुने विश्वास गरिएको छ । खेल सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । लिगका कूल २४ खेल हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनमा भिड्नेछन् ।
‘स्ट्रिट देखि स्टेडियमसम्म’ भन्ने नाराका साथ एनएसपीएलले देशभरका युवा क्रिकेटरलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन प्लेटफर्म दिने आयोजकको दाबी छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com