काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग एनएसपीएल टी १० टेनिस बल क्रिकेट प्रतियोगिता आजबाट मुलपानीमा शुरु भएको छ । आज अपरान्ह आयोजित कार्यक्रममाबीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ ।
एनएसपीएलका सद्भावनादूत निखिल उप्रेतीले ट्रफी अनावरण गरेका थिए भने कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले अम्पायरलाई बल हस्तान्तरण गरेका थिए । उनले मुलपानी क्रिकेटका लागि प्रसिद्ध भएको भन्दै एनएसपीएल भविष्यका उम्दा खेलाडीहरु जन्माउने मञ्च र अवसर हुने बताए । प्रतियोगितामा सहभागी सबै सातै टीमका कप्तानको उपस्थितिमा ट्रफी अनावरण गरिएको थियो । उद्घाटन पूर्व र कलाकारहरु तथा स्थानीय विद्यालयका विद्यार्थीहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।
आज पहिलो खेलमा अहिले जनकपुरको अप्पन जनकपुर र काठमाडौं किङ्सबीच उद्घाटन खेल हुनेछ । कुल ७ टोली सहभागी लिगमा पहिलो सिजनमा लुम्बिनी राइडर्स, विराटनगर रोयल्स, काठमाडौं किङ्स, कर्णाली हाइल्यान्डर्स, पोखरा फाल्कन, खप्तड सुदूरपश्चिम थन्डर र अप्पन जनकपुरले प्रतिस्पर्धा गर्नेछन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com