काठमाडौं । सरकारले स्थायी लेखा नम्बर (प्यान) सहित करका सेवाहरु पालिकाबाटै पाउने व्यवस्था गरेको छ । अब सेवाग्राहीले आफू बस्ने नगरपालिका वा गाउँपालिकामा गएर प्यान लगायतका सुविध प्राप्त गर्न सक्नेछन् ।
आन्तरिक राजस्व विभागका अनुसार अब स्थायी लेखा नम्बर प्रमाणपत्र लगायतका सेवा सम्बन्धित पालिकाबाट प्रदान गरिने व्यवस्था मिलाइएको छ । कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायतका सेवा भने अनलाइन प्रणालीमार्फत उपलब्ध हुने विभागको भनाइ छ ।
पालिकाले प्यान वितरण सेवा शुरू नगरेको अवस्थामा भने जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ‘प्यान’ बनाउन सकिने जनाइएको छ ।
आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको भए पनि अरु वैकल्पिक व्यवस्था नभएसम्मको लागि अहिलेकै करदता सेवा कार्यालयबाट नै सेवा सञ्चालन हुने जनाएको छ । सेवा प्रवाहलाई करदातासम्म नजिक पुर्याउन र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवालाई विकेन्द्रीकरण गरिएको विभागले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com