Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
‘गोट टुर टु इन्डिया २०२५’

लियोनेल मेस्सी डिसेम्बरमा भारत आउने निश्चित

लियोनेल मेस्सी डिसेम्बरमा भारत आउने निश्चित

काठमाडौं । विश्व फुटबल स्टार अर्जेन्टिनी लियोनेल मेस्सी भारत आउने निश्चित भएको छ । उनी आगामी अंग्रेजी महिना अर्थात् डिसेम्बरमा भारत आउने पक्का भएको हो । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान मेस्सीले आगामी महिना भारतको हैदराबादमा आफ्नो तिलस्मी खेल देखाउने छन् । ‘गोट टुर टु इन्डिया २०२५’ नामक बहुप्रतिक्षित भ्रमणका लागि मेस्सी भारत आउन लागेका हुन् । 

मेस्सीको भ्रमण तेलंगानाको महत्त्वाकांक्षी अभियान ‘तेलंगाना राइजिङ २०४७’ सँग जोडिएको छ । यो अभियानले राज्यलाई विश्वस्तरमा नवप्रवर्तन, लगानी र खेलकुदको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । तेलंगानाका मुख्य मन्त्री रेबन्त रेड्डीले मेस्सी आउने समाचार पक्का भएको जनाउँदै अफिसियल पोष्टर समेत सार्वजनिक गरेका छन् ।

राज्य सरकारले मेस्सीलाई उक्त अभियानको ‘ग्लोबल एम्बासडर’ बनाउने तयारीसमेत गरेको बताइएको छ । मेस्सीको ‘गोट टुर टु इन्डिया २०२५’ भारतका चार प्रमुख शहर कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्लीसम्म पुग्ने जनाइएको छ । 

G5dLtv2bcAEmabW.jpg
अफिसियल पोष्टर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार