काठमाडौं । एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टर (एडिपिसि) को नेतृत्व आजबाट नेपालको काँधमा आएको छ । थाइल्याण्डको बैंककमा सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरेसँगै सेन्टरको नेतृत्व अब नेपालले गर्ने भएको हो । थाइ राजधानी बैंकक मुख्यालय रहेको एडिपीसी स्वायत्त अन्तर्राष्ट्रिय संस्था हो ।
बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलंकाका सदस्यहरु सहभागी थिए । सन् २०२५–२०२६ का लागि एडिपिसिको अध्यक्षको जिम्मेवारी ग्रहणपछि मन्तव्य राख्दै ई. भट्टले अध्यक्षका रुपमा आफूले एडिपिसिको शासकीय प्रबन्ध, नेतृत्व र संस्थागत विकासको सबलीकरणमा बोर्ड सदस्यहरुको थप क्रियाशीलताको अपेक्षा गरेको बताए । यस अवधिमा सेन्टरको सह–अध्यक्षता पाकिस्तानले गर्दैछ ।
एडिपिसिका सदस्य राष्ट्रहरु, कार्यक्षेत्र रहेका राष्ट्रहरुका साथसाथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिदृश्यमा दिगो विकास लक्ष्यहरु हासिल गर्न विपद् तथा जलवायु जोखिम न्यूनीकरणलाई अगाडि बढाउनका लागि एडिपिसिको विशिष्ट स्थान रहेको भट्टको भनाइ छ ।
जिम्मेवारी ग्रहण लगत्तै एडिपिसि बोर्ड अफ ट्रष्टीको छैटौं बैठक अध्यक्ष भट्टको अध्यक्षतामा बसेको छ ।
एडिपिसिले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको लागि क्षमता अभिवृद्धिलगायतका क्षेत्रीय कार्यक्रमहरुको नेतृत्व गर्दछ । यी पहलहरु दीर्घकालीन उत्थानशीलता निर्माण गर्न नीतिगत समर्थन र बहुसरोकारवाला सहकार्यमा केन्द्रित छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com