काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच द्विपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको उक्त समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच सौहार्दपूर्ण छलफल भएको थियो ।
२०८१ मङ्सिरमा काठमाडौँमा सम्पन्न आठौँ समन्वयात्मक बैठकबाट पारित एजेण्डाका विषयमा समेत उक्त बैठकमा समीक्षा भएको थियो । बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा छलफल भएको थियो ।
उक्त बैठकमा भाग लिन महानिरीक्षक राजु अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल यही कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
बैठक समापनपश्चात् सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कात्तिक २९ गते शनिबार स्वदेश फिर्ता भएका छन् । उक्त बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा छिमेकी मुलुक भारतको सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक संजय सिंघलले नेतृत्व गरेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com