कार्तिक ३०, पोखरा । मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ८, कास्कीको १५ औँ वार्षिक साधारणसभा पोखरामा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष ईश्वरप्रसाद सुबेदीले सहकारी संस्थामा सञ्चालक समिति र शेयर सदस्यले आफ्नो भूमिकालाई राम्रोसँग बुझेर काम गर्ने हो भने सहकारी क्षेत्र कहिल्यै समस्यामा नपर्ने बताए । सहकारी संस्थामा विद्यमान समस्या आउनुमा सञ्चालक र कर्मचारीले आफ्नो भूमिका नबुझ्नु र शेयर सदस्य लाभको पछाडी मात्रै लागेर सहकारीको मर्म बिर्सेका कारण यस क्षेत्रमा समस्या देखिएको भन्दै अतिथि सुबेदीले पछिल्लो समय आवश्यकता भन्दा बढी सहकारी स्थापना भए र त्यसको अनुगमन सम्बन्धित निकायबाट नहुनु पनि अहिलेको मुख्य जड हो भन्ने भनाई राखेका थिए ।
“अब देश र समाजलाई सम्बृद्धि तर्फ अगाडी बढाउनका लागि सहकारी क्षेत्रले उत्पादनमुलक समाज निर्माण गर्नतर्फ ध्यान दिनुपर्र्ने समय आएको छ। साना पुँजीलाई संकलन गरी घरेलु उद्यम र उत्पादन क्षेत्रमा सहकारीले प्राथमिकताका साथ लगानी गर्नुपर्दछ । विद्यमान अवस्थाको आयातमुखी समाजलाई परिवर्तन गर्न पैसा आयात गरी वस्तु निर्यात गर्नमा ध्यान दिन अपरिहार्य आवश्यकता रहेको अतिथि सुबेदीले बताए।
कास्की बचत तथा ऋण सहकारी संघ लि. का पूर्व अध्यक्ष सुदिप ढकालले कतिपय सहकारी नियामक निकायका कानुन र निर्देशनलाई बेवास्ता गर्दा समस्या सिर्जना भएको बताए । बाँच्दाको जन्ति र मर्दाको मलामीको मर्मलाई लिएर सहकारी स्थापना हुन्छ, तर यदाकदा केही सहकारीमा मर्म एकातिर, काम अर्कोतिर हुन्छ । अनि सबै सहकारीलाई हाउगुजी बनाइएको छ। सहकारीको भावना अनुसार शेयर सदस्यलाई बुझाउने र सदस्यले पनि सहकारीप्रतिको काम र कर्तव्य बुझाएर अगाडी बढ्ने हो भने सहकारी क्षेत्र मात्रै होइन कुनै पनि क्षेत्रमा समस्या सिर्जना हुँदैन भन्दै ढकालले सहकारीबाट लाभ भन्दा सेवा र सुविधा लिनु र दिनु ठूलो विषय भएको बताए ।
कार्यक्रममा संस्थाले जेष्ठ शेयर सदस्य सम्मानबाट डा. कर्णविर पौड्याल, अग्नी प्रसाद पौडेल,, सोभीतबहादुर थापा, नारायण प्रसाद शर्मा, सोमप्रसाद शर्मा, ओबिकला पोख्रेललाई सम्मान गरिएको थियो । यसैगरी असल कारोबारमा भिम बहादुर रानाभाट, नारायणी पहारी ढकाल, रिवाज अधिकारी, पवित्रा गुरुङ थापा, संरक्षित पूँजी फिर्ता कोषबाट प्रेमप्रसाद अधिकारी, वर्ष उत्कृष्ठ कर्मचारीमा छलिकुमारी कुँवर र कक्षा १२ उत्तीर्ण शेयर सदस्यमा योजना भट्टराई र प्रसन्न बहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।
संस्थाका सचिव बलराम गिरीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष शिवराज पौडेलले गरेका थिए भने संस्थाका संस्थापक अध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडा, सल्लाहकार मुरलीमोहन काफ्ले, शेयर सदस्यहरु भिमबहादुर रानाभाट, गोपालकृष्ण पौडेल, यशोधा गौतमले शुभकामना मन्तव्य राखेका थिए । कुल ७९६ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ५ करोड ३० लाख रहेको छ भने कुल सम्पत्ति २५ करोड ९२ रहेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com