Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जिल्ला बचत संघ मोरङको ३२औं वार्षिक साधारणसभा सम्पन्न, सम्मान पुरस्कारसहित विविध कार्यक्रम आयोजना

जिल्ला बचत संघ मोरङको ३२औं वार्षिक साधारणसभा सम्पन्न, सम्मान पुरस्कारसहित विविध कार्यक्रम आयोजना

बेलबारी। जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङको ३२‍औं वार्षिक साधारणसभा शनिबार बेलबारी–३ स्थित संघको सभाहलमा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेतृत्वमा देखिएको होडबाजीका कारण सहकारी अभियान नै अप्ठ्यारोमा परेको बताए ।

उनले भने, “हिजो हामीले छुट्टै बचत ऐन माग्यौँ। अहिले सरकारले बचत–ऋण कारोबार गर्ने सहकारीका लागि छुट्टै मापदण्ड ल्यायो। ती मापदण्डमा केही त्रुटि छन्, तर कर्जा सूचना केन्द्र, असुली न्यायाधिकरणजस्ता अत्यावश्यक विषय समेटिएको छ। प्रारम्भिक संस्थालाई अप्ठ्यारो परे अझै पनि ‘लविङ’ गर्न सकिन्छ। तर कसैको पद जोगाउन वा सधैं पदमा रहिरहने उद्देश्यले ऐन–मापदण्ड परिमार्जन गर्नुपर्छ भन्नेमा म सहमत छैन।”

583643418_1970691330329057_3485044163198857218_n.jpg
undefined

अध्यक्ष ढकालले प्रारम्भिक संस्था वा सङ्घ के मा  नेतृत्व गर्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताउँदै सबै ठाउँमा आफू नै हुँदा मात्रै ठीक हुन्छ भन्ने सोच त्याग्न नेतृत्व तहले सकेको खण्डमा मात्र अभियान सुदृढ हुने उल्लेख गरे ।

प्रदेश सहकारी सङ्घ कोशीका अध्यक्ष डा. डिल्ली पोखरेलले  विभिन्न समयमा सरकारले ल्याएका कानुन, मापदण्ड र निर्देशनले सहकारी अभियान चुनौतीमा परेको बताए ।

580206691_1970686053662918_3664759523874296457_n.jpg
undefined

नेफ्स्कून पूर्व सञ्चालक तथा संघकी सल्लाहकार गोमा नेपालले महिला शेयर सदस्यको अनुपातअनुसार सञ्चालक संख्याको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् ।

साधारणसभाको अवसरमा यस वर्षको ‘सहकारी व्यक्तित्व सम्मान’ संघका सल्लाहकार एवम् नेफ्स्कूनकी पूर्व सञ्चालक गोमा नेपाललाई प्रदान गरिएको छ। प्रमुख अतिथि ढकाल र संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाले नेपाललाई नगदसहित सम्मानपत्र प्रदान गरे । नेफ्स्कूनकी पूर्व सञ्चालक नेपाल उर्लाबारी–७ स्थित नारी सङ्कल्प बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् ।

581007071_1970689636995893_5587563752739283506_n.jpg
undefined

त्यस्तै, ‘पूर्व सञ्चालक सम्मान’बाट गङ्गाकुमार यादव र इच्छा कोइराला सम्मानित भए । यादव हाल केरौन साकोसका अध्यक्ष छन् भन ेकोइराला तत्कालीन जनएकता साकोसका कोषाध्यक्ष थिए । दुवैले दुई–दुई कार्यकाल सञ्चालक भई संघमा उल्लेखनीय योगदान पुर्याएका थिए ।

कर्मचारीतर्फ ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ दौतरी बलिया साकोस सुन्दरहरैंचाका व्यवस्थापक लोकेन्द्र काफ्ले र जनमुखी साकोस कानेपोखरीकी ऋण सहायक दुर्गाकुमारी पौडेललाई प्रदान गरिएको छ।

हरेक वर्ष दुई सहकारी संस्थालाई प्रदान गरिँदै आएको संस्थागत पुरस्कार यस वर्ष बेलबारीको बेतना साकोस र उर्लाबारीको महिला उत्थान साकोसलाई दिइएको छ।

577039331_1970691490329041_7844318932724017886_n.jpg
undefined

सभापति प्रेमप्रकाश कोइरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव जीवन बस्नेतद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिबी बस्नेतद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक बीना राईद्वारा प्रस्तुत प्रतिवेदन तथा लेखापरीक्षक राजेन्द्र सुवेदीले प्रस्तुत गरेको बाह्य लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिपूर्वक पारित गरिएको थियो।

साधारणसभामा नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटा, प्रदेश बचत संघका अध्यक्ष हरिप्रसाद सुवेदी, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गौतम, सहकारी सञ्जाल बेलबारीका अध्यक्ष दुर्गाप्रसाद गौतम तथा सल्लाहकारहरूको उपस्थिति थियो।

581909591_1970690653662458_8537883581837616219_n (1).jpg
undefined

यसै अवसरमा संघले आइपीडिएस कार्यक्रम र बचत समाचार अनलाइन न्युज पोर्टलको शुभारम्भ पनि गरेको छ।

२०५१ बैशाख २० गते स्थापना भएको जिल्ला बचत संघमा हाल १ करोड ४९ लाख १३ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको छ। कोष हिसाबमा २४ लाख ८८ हजार ३५९ रुपैयाँ ४६ पैसा, लगानी हिसाबमा ७ लाख ५ हजार ७० रुपैयाँ ५९ पैसा, र स्थिर सम्पत्तिमा ३४ लाख ४२ हजार ४५१ रुपैयाँ १५ पैसा छ।

यस्तै, जगेडा कोषमा ६५ लाख ४५ हजार २०५ रुपैयाँ ९६ पैसा, बचत निक्षेपमा १४ करोड २९ लाख ५३ हजार ४५९ रुपैयाँ ०७ पैसा, र ऋण लगानीमा १ करोड ९० लाख ९० हजार २७७ रुपैयाँ ८० पैसा रहेको छ।

संघको कुल सम्पत्ति १७ करोड २४ लाख ९९ हजार २४५ रुपैयाँ रहेको छ।

583075379_1970690260329164_52483454978744230_n.jpg
undefined

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार