काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तथ्यांक प्रविष्टी गरी पठाउने समयावधि पुनः थप गरेको छ । यस अघि विभागले गुगल फर्म भरी २०८२ कार्तिक मसान्तसम्ममा पठाउन सहकारी संस्थाहरुलाई डेडलाइन उपलब्ध गराएको थियो । यद्यपि, अब उक्त समयसीमा बढाएर २०८२ मंसिर मसान्तसम्म थप गरिएको विभागले आज सूचना जारी गरी जनाएको छ ।
विभागले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा सहकारी संस्थाहरुको तथ्यांक संकलनको कार्य २०८२ श्रावण १ गतेदेखि निरन्तर जारी राखेको छ । सो सम्बन्धमा सहकारी संस्थाहरुवाट आफ्नो संस्थाको विवरण विभागले दिएको गुगल फर्ममा प्रविष्टी गर्ने कार्य उत्साहपूर्वक भैरहेको विभागले जनाएको छ ।
विभाग र राष्ट्रिय तथ्यांक कार्यालयको सहकार्यमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सहकारी क्षेत्रको योगदानको सर्वेक्षण गर्ने गरी कार्य अगाडि बढाइएको सन्दर्भमा सहकारी संस्थाहरुको अद्यावधिक विवरण समेत आवश्यक भएकोले सहकारी संस्थाहरुलाई गुगल फर्ममा विवरण प्रविष्टी गर्ने समयावधि बढाएको सूचनामा उल्लेख छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com