काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगका घटनाले सामाजिक सुरक्षा चुनौती थपिएको बताएका छन् ।
अपराध अनुसन्धान विभागको ७०औं स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका लागि क्षमता विकास तालिम आवश्यक रहेको बताए ।
आईजीपी कार्कीले फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजतलास एवम् पक्राउ परेकालाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न र विगतका आपराधिक गतिविधि तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिए ।
कार्कीले निष्पक्ष, प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानले कानून विपरीत कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन सहयोग पुर्याउने धारणा व्यक्त गर्दै पीडित पक्षलाई न्याय दिलाई समाजमा प्रहरीप्रतिको प्रतिष्ठा एवम् विश्वास अभिवृद्धि गर्न प्रहरी संयन्त्र अझ जिम्मेवार र क्रियाशील हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अपराध नियन्त्रण र अनुसन्धानको वर्तमान अवस्था, चुनौती र समाधानका उपायलगायतका विषयमा धारणा व्यक्त गरेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com