Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कृषि मानव जीवनको अपरिहार्य क्षेत्र: प्रधानमन्त्री

कृषि मानव जीवनको अपरिहार्य क्षेत्र: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मानव जीवनको अत्यावश्यक र अपरिहार्य क्षेत्र भएको बताउनुभएको छ। दक्षिण एसियाली किसान फेडरेसनको दोस्रो सम्मेलनका अवसरमा मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। 

प्रधानमन्त्री ओलीले नेपालमा अझै ६० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको समेत प्रष्ट पार्नुभयो। ‘‘म नेपालको कुरा गरौं, ६० प्रतिशत वा सोभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित छ’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान कम छ। कृषि सबैभन्दा बढी महत्त्वपूर्ण क्षेत्र हो। कुनै पनि पेसा व्यवसायको सबैभन्दा बढी महत्त्वपूर्ण, अर्थपूर्ण, जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र कृषि हो। सबै मानिसलाई बाँच्नका लागि खानै पर्दछ। खाना कृषिबाट मात्र प्राप्त हुन्छ। त्यसो भएर कृषि पेसा अत्यन्त महत्त्वपूर्ण छ।’’ 

प्रधानमन्त्री ओलीले  कृषिमा सर्वाधिक जनसङ्ख्या त्यसमा आबद्ध हुने, उत्पादन र उत्पादकत्व न्युन हुने, लगानी र मिहिनेत अनुसारको प्रतिफल नभएको प्रष्ट पार्नुभयो। उहाँले कृषिमा उपयुक्त बजार खोज्न नसकेको बताउनुभयो। यो क्षेत्रमा धेरै समस्या भए पनि समाजको विकासका लागि कृषिमा ध्यान दिनुपर्ने बताउनुभयो। 

‘‘मानव जातिका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि हो। तर, यो नै पछाडि परेको छ। आज कुनै पनि समाजलाई बचाउनका लागि, त्यसलाई विकसित गर्नका लागि कृषि क्षेत्रमा ध्यान दिन जरुरी छ।’’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार