०४, बागलुङ। सहकारी रजिष्टार कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा जिल्ला सहकारी संघ लि., बागलुङ र बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को समन्वयमा बागलुङ बजारमा सहकारी ऐन, नियम तथा समसामयिक विषयमा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीको उद्देश्य पछिल्लो समय सहकारी क्षेत्रमा जारी भएका नीति, नियम, मापदण्ड र कार्यविधिहरूको जानकारी गराउने तथा सहकारी संघ÷संस्थाहरूले कार्य गर्दा भोगिरहेका कानुनी समस्या र जटिलताहरूको समाधान खोज्नु रहेको थियो ।
कार्यक्रममा सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले गण्डकी प्रदेश स्तरीय सहकारी तथ्याङ्क तथा समसामयिक विषयहरू समेटिएको विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार गण्डकी प्रदेश, संघ र स्थानीय तहको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संघ÷संस्थाहरूको कुल संख्या २,६७१ रहेको छ ।
तीमध्ये ९०१ सहकारी संस्था प्रदेश क्षेत्राधिकारमा पर्ने बताइयो । प्रदेश क्षेत्राधिकारमा पर्ने ती ९०१ सहकारीमध्ये ५८३ संस्था सक्रिय रहेका छन् भने ३१८ सहकारी संस्था सम्पर्कविहीन अवस्थामा रहेका तथ्याङ्क प्रस्तुत गरिएको थियो । यस्तै, प्रस्तुत तथ्याङ्कमा गण्डकी प्रदेशभित्रका सहकारी संस्थाहरूमा कुल सदस्य संख्या ६,९४,२१९, कर्मचारी संख्या ३,२२५ र सञ्चालक समिति सदस्य संख्या ५,८८१ रहेको उल्लेख गरिएको थियो ।
कार्यक्रमकै क्रममा प्रदेश रजिष्टार कार्यालयका शाखा अधिकृत चोलाकान्त वाग्लेले सहकारी संघ–संस्थाहरुलाई पछिल्लो समयमा जारी भएका विभिन्न मापदण्ड, निर्देशन, कार्यविधि र नियमन सम्बन्धी प्रावधानहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले सहकारीहरूलाई लागू हुने नयाँ कार्यप्रणाली, पालना गर्नुपर्ने कानुनी दायित्व, वित्तीय पारदर्शिता, जोखिम व्यवस्थापन, प्रतिवेदन प्रणाली तथा नियमनकारी निकायसँग समन्वय गर्नुपर्ने प्रक्रियाहरूका बारेमा अभिमुखीकरण गर्नुभएको थियो ।
यसै क्रममा सहकारी रजिष्टार कार्यालयका अधिकृत तुलसीप्रसाद पौडेलले सम्पत्ती शुद्धीकरण निवारण ऐन तथा त्यससँग सम्बन्धित नियमन, दायित्व र सहकारी संघ–संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रक्रिया बारे विस्तृत जानकारी गराउनुभयो ।
उहाँले सहकारीहरूको लेनदेन पारदर्शिता, ग्राहक पहिचान (प्थ्ऋ), जोखिम आधारित निरीक्षण, रिपोर्टिङ प्रणाली, शंकास्पद कारोबार पहिचान तथा प्रतिवेदन (क्त्च्) लगायतका विषयमा सहभागिहरुलाई अवगत गराउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले सहकारी क्षेत्र देशको आर्थिक आधारस्तम्भको भएको उल्लेख गर्दै सहकारीहरूको सुशासन, पारदर्शिता र कानुनी अनुपालन अझ मजबुत बनाउन यस्तो प्रकारको अन्तरक्रिया कार्यक्रम निकै उपयोगी हुने बताउनुभयो ।
उहाँले सहकारी संघ–संस्थाले सदस्यको विश्वास संरक्षण गर्दै जिम्मेवार, पारदर्शी र अनुशासित ढङ्गले सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तहको तर्फबाट आवश्यक सहयोग र समन्वय निरन्तर रहने आश्वासन दिनुभयो ।
कार्यक्रममा सहकारी अभियानको तर्फबाट जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी., जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल तथा जिल्ला दुग्ध सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतमले आफ्ना भनाइहरू राख्नुभएको थियो ।
वक्ताहरूले पछिल्लो समयमा सहकारी क्षेत्रमा विभिन्न चुनौतीहरू तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै सहकारीकर्मीहरूबीच एकता, समन्वय र साझा आवाज अझै आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँहरूका अनुसार राज्यले फरक–फरक नियामक निकायहरू गठन गरी सहकारीहरूलाई विभिन्न मोडेलबाट नियमन गर्न खोज्नुले व्यवहारिक कठिनाइ, दोहोरो नियमनको समस्या तथा सहकारी क्षेत्रको आत्मविश्वास कमजोर हुने जोखिम थपिएको छ । सहकारी क्षेत्रलाई मजबुत, पारदर्शी र सदस्यमैत्री बनाउन एउटै स्वरूपमा एकीकृत र स्पष्ट नियमन संरचनाको आवश्यकता रहेको उहाँहरुको भनाई थियो ।
जिल्ला स्थित सहकारी संघ संस्थाका ९० जना भन्दा वढि प्रतिनिधिहरु उपस्थित कार्यक्रमको अध्यक्षता रजिष्टार रिजालले गर्नुभएको थियो भने सञ्चलान अधिकृत तुलसीप्रसाद पौडेलले गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com