Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा

विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा; शान्ति प्रक्रियालाई शीघ्र टुंगोमा पुर्‍याउन ध्यानाकर्षण

विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा; शान्ति प्रक्रियालाई शीघ्र टुंगोमा पुर्‍याउन ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन सरकारलाई ध्यानाकर्षण गराएको छ। आयोगले द्वन्द्वपीडितका गुनासा र असन्तुष्टि तत्काल समाधान गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा भएको अवसरमा आयोगले विज्ञप्ति जारी गरी  सम्झौतामा उल्लेख गरिएका केही कार्य पूरा भए पनि द्वन्द्व पीडितलाई न्याय प्रदान गर्ने कार्य पूरा हुन नसक्दा पीडितले समयमै न्याय प्राप्त गर्ने अधिकार कुण्ठित बन्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा आयोगले पीडितका उजुरीहरू छिटोछरितो सम्बोधन गर्न, विगतका सिफारिस कार्यान्वयनमा जोड दिन र संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउँदै पीडितको सन्तुष्टिलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको उल्लेख छ।

सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते आजकै दिन विस्तृत शान्ति सम्झौता भएको थियो ।

image-237.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार