Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

चन्द्रागिरि साकोसका सदस्यहरु लाभान्वित हुने गरी किसान नेटसँग महत्वपूर्ण सहमति

चन्द्रागिरि साकोसका सदस्यहरु लाभान्वित हुने गरी किसान नेटसँग महत्वपूर्ण सहमति

थानकोट, काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. र किसान नेटबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । चन्द्रागिरि साकोसका सदस्यहरुलाई गुणस्तरीय, शुलभ इन्टरनेट सेवा प्रवाह, सामुदायिक स्वामित्व प्रवर्धन र किसानहरुलाई आवश्यक विभिन्न सेवा क्षेत्रहरुमा सहज, शुलभ र सरल पुहँच दिने उद्देश्यका साथ आज मंसिर ७ गते उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

'ग्राहक पनि आफैं र मालिक पनि आफैं' भन्ने मुल उद्देश्यले किसानहरुलाई सहुलियत दरमा गुणस्तरीय इन्टरनेट सेवाको साथमा प्रत्येक प्रयोगकर्ताले कम्पनीको इक्विटीमा समेत हिस्सा पाउने गरी यो सम्झौता भएको छ । यसको साथै किसान केन्द्रित हुनेगरी ईशिक्षा, किसान स्वास्थ्य, किसान मार्ट, किसान मौसम, किसान बैंकिङ, किसान ईन्भेन्टोरी, किसान ईम्प्याक्ट लगायतका थप क्षेत्रहरुमा समेत चन्द्रागिरिका सदस्यहरुले सुविधा पाउने जनाइएको छ ।

चन्द्रागिरि साकोसको मुख्य कार्यालयमा आयोजित सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र किसान नेटका कार्यकारी निर्देशक केशव स्थापितले हस्ताक्षर गरेका थिए ।

cee2555e-3cdc-44f1-af59-c01318d5143e.jpg
सहमति पत्रमा हस्ताक्षर
79626759-bf31-42e3-beca-ea1c2521e50f.jpg
सहमति पत्रमा हस्ताक्षर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार