Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
२६औं वार्षिक साधारण सभा सम्पन्न

बुडोल सामुदायिक साकोसले सदस्यहरुलाई ८ प्रतिशत लाभांशसहित संरक्षित पूँजी फिर्ता कोषमार्फत अतिरिक्त लाभ वितरण गर्ने

बुडोल सामुदायिक साकोसले सदस्यहरुलाई ८ प्रतिशत लाभांशसहित संरक्षित पूँजी फिर्ता कोषमार्फत अतिरिक्त लाभ वितरण गर्ने

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २६औं वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाले सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम एकै साथ एकै समय तालिकामा साधारण सभाको चारवटा एकाइ बैठकको आयोजना गरी समान कार्यसूचीहरु उपर छलफल गरी मंसिर ६ गते एकाइ बैठकहरु सम्पन्न गरेको थियो । साधारण सभाको एकाई बैठकहरुमा कुल सदस्य संख्याको ५६.२१ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारण सभाले आर्थिक वर्ष ०८१/०८२ को मूनाफाबाट सदस्यहरुलाई ८ प्रतिशतका दरले लाभांश र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरुले बचतमा गरेको योगदानको लागि २.८ प्रतिशत र ऋणमा गरेको योगदानको लागि २.५ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ । साधारण सभाले संस्थाको आफ्नै भवन निर्माण गर्न र सदस्यहरुको शेयर रकम समान रुपमा दश हजार कायम गर्न सञ्चालक समितिलाई जिम्मेवारी दिएको छ ।

सभामा पेश गरिएको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८१/०८२ मा चार करोड सत्र लाख चौरासी हजार छसय बहत्तर रुपैयाँ चौसठ्ठी पैसा सञ्चालन मूनाफा गरेको छ । सोही अवधिमा संस्थाको कुल सम्पत्ति दुई अर्ब बाह्र करोड सतहत्तर लाख बीस हजार दुईसय पैतीस रुपैयाँ छयासी पैसा, बचत हिसाब एक अर्ब बहत्तर करोड सत्र लाख दश हजार अठार रुपैयाँ पचासी पैसा, शेयर पूँजी सत्र करोड एक्काइस लाख उनान्नब्बे हजार सातसय रुपैयाँ, संस्थागत पूँजी अठार करोड पैतालिस लाख अड्सठ्ठी हजार एकचालीस रुपैयाँ एक्काईस पैसा, लगानीमा रहेको ऋण एक अर्ब चौतिस करोड उनान्पचास लाख बत्तीस हजार एकहत्तर रुपैयाँ चालिस पैसा रहेको छ ।

WhatsApp Image 2025-11-24 at 15.43.07 (1).jpeg
undefined
WhatsApp Image 2025-11-24 at 15.46.57 (1).jpeg
undefined
WhatsApp Image 2025-11-24 at 15.31.39 (3).jpeg
undefined

 

WhatsApp Image 2025-11-24 at 15.31.39 (2).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार