काठमाडौं । नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले आगामी निर्वाचनको तयारीमा जुट्न सचिवहरुलाई निर्देशन दिएका छन् । सचिवसहित सबै राष्ट्रसेवक कर्मचारीहरूलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउनमा विशेष जोड दिन निर्देशन दिएका छन्।
बुधबार सिंहदरवारमा पद बहालीपछि आयोजित स्वागत कार्यक्रममा उनले वर्तमान सरकारको सबैभन्दा ठूलो दायित्व र प्राथमिकता निर्वाचन सम्पन्न गराउनु रहेको बताए। उनले यस विषयलाई सबैले उच्च प्राथमिकतामा राखी निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षासँग सम्बन्धित सबै मन्त्रालय र निकायबीच उचित समन्वय र सुदृढ कार्यात्मक सम्बन्ध स्थापित गरी तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिए।
मुख्यसचिव अर्यालले मुलुकमा सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने, मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन सम्बन्धी कार्यविधि र निर्देशिकामा आवश्यक सुधारलाई नेपाल सरकार मन्त्रिपरिषद्को अनुमोदनमार्फत यथाशीघ्र लागू गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। उनले सबैलाई निःसङ्कोच र निर्भय भएर निर्वाचनमा सहभागी गराउन र विश्वासको वातावरण निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन तथा निर्वाचन आयोगसँग समन्वय गर्न आह्वान गरे।
सुरक्षा निकायलाई आवश्यक सहयोग उपलब्ध गराई राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ बनाउन आवश्यक समन्वय र सहजीकरण गर्ने जिम्मेवारी पनि उनले कर्मचारीहरूलाई दिए। त्यसै गरी, आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्रको विषयमा समयमै निर्णय गर्न, ढिलाइ नगरी कार्य सम्पन्न गर्न, र अन्य निकायले मागेको राय वा प्रतिक्रिया तोकिएको समयमा उपलब्ध गराउने व्यवस्था कायम गर्न उनले निर्देशन दिए।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com