Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका छिरेका नागरिकको ग्रीनकार्ड पुन: छानबिन गर्ने

ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका छिरेका नागरिकको ग्रीनकार्ड पुन: छानबिन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्विका १९ राष्ट्रका नागरिकको ग्रीनकार्ड पुन: कडा परीक्षण गर्न आदेश दिएका छन् । ट्रम्प प्रशासनले विभिन्न १९ देशबाट अमेरिका छिरेका नागरिकको ग्रीनकार्ड पुन: छानबिन गर्ने जनाएको हो ।

युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पको कडा निर्देशन रहेको बताए। यसअघि पनि ती देशका नागरिकमाथि कडा निगरानी राख्दै ट्रम्प प्रशासनले आवश्यक परेमा उनीहरूका कागजात फेरि परीक्षण गर्ने नीति लिएको थियो।

पछिल्ला दिनमा अमेरिका दिनहुँजसो आप्रवासीहरूको प्रदर्शन तथा गोलीकाण्ड हुँदै आएका छन्। बुधबारमात्रै एकजना अफगानी शरणार्थीले ह्वाइट हाउसनजिकै दुई जना अमेरिकी नेशनल गार्डमाथि गोली प्रहार गरेका थिए।

 ग्रीन कार्ड पुनस् जाँच हुने मुलुकहरुमा

अफगानिस्तान

क्यूबा

हाइटी

इरान

सोमालिया

भेनेएजुएला

म्यानमार

चाड

रिपब्लिक कङ्गो

इक्वेटोरियल गिनी

इरिट्रिया

लिबिया

सुडान

यमन

बुरुन्डी

लाओस

टोगो

सिएरा लियोन

तुर्कमेनिस्तान

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार