काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी क्षेत्रमा पछिल्लो समय गरिएका नियाकमीय परिवर्तनहरुका सम्बन्धमा सदस्य संस्थाहरुको अनुकूलता विकास गर्न साकोस शिखर गोष्ठी-२०८२ आयोजना गर्न लागिएको जनाएको छ ।
स्वयिनमन तथा स्वायत्तताको आडमा सहकारी क्षेत्रमा पछिल्लो समयमा देखापरेका समस्याहरुको 'रिपल इफेक्ट'ले नीतिगत, कानूनी एवम् संरचनागत सुधारहरु गरेको सम्बन्धमा उक्त विषयहरुबारे देशभरका सदस्य संघ संस्थाहरुलाई विषयविज्ञहरुको सहजीकरणमा समयमै शिक्षित तथा सुसूचित गराउन अत्यन्त आवश्यक देखिएकोले साकोस शिखर गोष्ठी-२०८२ आयोजना गरिएको नेफ्स्कूनले जनाएको छ ।
राजनीतिक, आर्थिक तथा सहकारी क्षेत्रनै तरल रहेको अहिलेको समय गोष्ठीका लागि उपयुक्त नभएको होकि भन्ने सम्बन्धमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटाले आज आयोजित पत्रकार सम्मेलनमा भने, 'मूलतः सहकारी क्षेत्रको अवस्था परिवर्तन भएको, कानूनी परिवर्तनहरु भएका, नयाँ संरचनाहरु स्थापित भएका र केही सुधारका कामहरु भैरहेको परिप्रेक्ष्यमा विद्यमान जटिलताहरुको इमरजेन्सी सम्बोधन आवश्यक भएकाले गोष्ठी आयोजना गरिएको हो । यो समय एकदम ठीक र सही हो गोष्ठी आयोजनाको लागि ।'
खासगरी विगतमा जे गर्दा पनि हुने परिपाटीबाट अब नियामकीय व्यवस्था अनुसार आफ्ना गतिविधिहरुलाई कसरी समायोजन गर्दै लाने विषय महत्वपूर्ण भएकाले यी विषयहरु गोष्ठीमा सहजीकरण हुने सिईओ सापकोटाले प्रष्ट्याएँ । रेगुलेशनले एउटा नम्स स्थापित गरिसकेपछिको अवस्थामा पुनः सेल्फ रेगुलेशनको कुरा अघि बढ्दै जाने उनले उल्लेख गरे । साथै उनले अब यस प्रकारका गोष्ठीहरुले व्यापकता पाउने भन्दै सबै संघहरुले आफ्ना सदस्यहरुलाई यी परिवर्तित विषयमा अनुकूलता विकास गराउनुपर्ने आवश्यकता औंल्याए ।
सन् २०१२ बाट साकोस शिखर गोष्ठी आयोजना गर्दै आएको नेफ्स्कून यो वर्ष आउँदो पुस ३ र ४ गते पाँचौं संस्करणको गोष्ठी आयोजनाको तयारीमा जुटेको छ । देशभरबाट सहभागी हुने साकोस अभियानकर्मी (सञ्चालक समिति तथा व्यवस्थापन) हरुले नेफ्स्कूनको वार्षिक साधारणसभाको अवसर पारेर नियामकीय प्रबन्धहरु अनुरुप संस्था सञ्चालनमा ल्याउनुपर्ने परिवर्तनबारे समेत विषयविज्ञहरुबाट सहजीकरण गराउने उद्देश्यले अघिल्लो दिन र भोलिपल्ट आधा दिनसम्म गोष्ठी गरेर बाँकी समयमा वार्षिक साधारणसभा सक्ने गरी नेफ्स्कूनले तयारी गरेको उनले बताए । सो सम्बन्धी 'एपिटाइजर'को रुपमा आज 'कर्टेन रेजर' गरिएको छ । आसन्न गोष्ठीको तयारी जोडतोडका साथ भैरहेको नेफ्स्कूनले जनाएको छ ।
सिईओ सापकोटाले दुई दिनमा विविध समसामयिक विषयमा ६ वटा कार्यपत्र प्रस्तुत गरिने जानकारी गराए । एशियाली ऋण महासंघकी सिईओ लेनीसहित विज्ञहरुबाट हुने सहजीकरण तथा अनुभव आदान प्रदानमार्फत साकोस अभियानकर्मीहरुको सक्षमता अभिवृद्धि हुने विश्वास उनले व्यक्त गरे । उनले गोष्ठीबाट सहकारी मूल्य, सिद्धान्त र साकोस दर्शनमा आधारित स्वनियमन प्रणाली स्थापना हुने, सशक्त साकोस सञ्जाल निर्माण हुने र नियामकीय अनुकुलताको सुनिश्चितता अपेक्षा गरिएको उल्लेख गरे ।
गोष्ठीमा ७ सय हाराहारीको उपस्थितिको प्रारम्भिक अनुमान नेफ्स्कूनको छ । गोष्ठीमा सहभागी हुन सदस्य संघ संस्थाका प्रतिनिधिहरुका लागि ७ हजार शुल्क तोकिएको छ भने मंसिर २० गते भित्र सहभागिता जनाउनेले अर्ली बर्ड रेजिष्ट्रेशन अफर स्वरुप ६ हजार र गैर सदस्यले ८ हजार शूल्क तिर्नुपर्ने जनाइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com