Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान

'महिलाहरुको आर्थिक सशक्तिकरणमा सहकारी संस्थाहरूले प्रभावकारी काम गर्नुपर्छ'

'महिलाहरुको आर्थिक सशक्तिकरणमा सहकारी संस्थाहरूले प्रभावकारी काम गर्नुपर्छ'

बागलुङ । चारतारे युवा क्लव, सिवाईसी नेपालको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङ र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को समन्वयमा बागलुङ बजारमा “प्रविधिको सहि उपयोगद्वारा लैंगिक हिंसा न्यूनिकरण, आत्मविश्वास र नेतृत्व विकास” तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

“प्रविधिको सहि प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ सञ्चालित १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजित उक्त तालिम बागलुङ बजार क्षेत्रमा क्रियाशिल सहकारी संस्थामा कार्यरत महिला कर्मचारीहरूलाई लक्षित गरि आयोजना गरिएको थियो । आधुनिक प्रविधिको प्रभावकारी उपयोग, डिजिटल वातावरणमा बढ्दै गएको लैंगिक हिंसा, व्यक्तिगत सुरक्षा तथा नेतृत्व क्षमताको विकासका विषयमा अभिमुखीकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।

IMG_7386.JPG
undefined

कार्यक्रमका दौरान लैंगिक हिंसाको अवधारणा, वर्तमान अवस्था, प्रकार, कारण तथा उपचारका उपायबारे चारतारे युवा क्लव सिवाईसी नेपालकी महिला विकास उपसमिति प्रमुख तथा कार्यसमिति सदस्य सीता शर्माले प्रशिक्षण गर्नुभएको थियो । उहाँले लैंगिक हिंसा समाजका विभिन्न रूपहरू—शारीरिक, मानसिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक—रूपमै देखापर्ने भएकाले यसको पहिचान र प्रभावकारिता बुझ्न अत्यन्त आवश्यक रहेको बताउनुभयो ।  उहाँले परिवार, कार्यस्थल र समुदायमा हुने सूक्ष्म तर गम्भीर प्रकृतिका हिंसाहरू अझै पनि सामान्यीकृत हुँदै आएको उल्लेख गर्दै महिलाको अधिकार, स्वतन्त्रता र सुरक्षित वातावरण सुनिश्चित गर्न सबै तहबाट साझा प्रयास जरुरी रहेको धारणा राख्नुभयो ।

त्यसैगरी, मनोसामाजिक परामर्श, मानसिक सशक्तिकरण तथा सकरात्मक सोच विकासबारे बागलुङ नगरपालिका महिला विकास शाखा प्रमुख रचना शर्माले प्रशिक्षण दिँदै लैंगिक हिंसाले महिलाको मानसिक स्वास्थ्यमा पार्ने दीर्घकालीन प्रभाव र त्यसको सामना गर्न आवश्यक मनोबल निर्माणका उपायहरूबारे सहभागीहरूलाई मार्गदर्शन गर्नुभएको थियो ।

IMG_7366.JPG
undefined

साइबर अपराध, जिल्लाको वर्तमान अवस्था, प्रविधि–सम्बन्धी जोखिमहरू तथा कानुनी संरक्षणका उपायबारे जिल्ला प्रहरी कार्यालय बागलुङकी प्रहरी सहायक निरीक्षक श्रदा कुँवरले प्रशिक्षण गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ, बदनियतपूर्ण सामग्री प्रकाशनजस्ता अपराधबारे कानुनी प्रावधानहरू स्पष्ट गर्दै घटनापछि महिलाले अपनाउनुपर्ने कानुनी कदमबारे जानकारी गराउनु भयो ।

कार्यक्रमका अवसरमा बोल्दै सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सबै प्रकारका हिंसाको मुख्य जड आर्थिक सशक्तिकरणसँग गासिएको हुँदा सहकारी संस्थाहरूले महिलालाई आर्थिक रूपमा सक्षम बनाउने उदेश्यलाई अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने धारण व्यक्त गर्नुभयोे ।

IMG_7383.JPG
undefined

उहाँले महिलालाई नियमित बचत, ऋण पहुँच, सीप विकास, रोजगारी तथा उद्यमशीलता कार्यक्रममार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउनु नै हिंसामुक्त समाज निर्माणको आधारभूत पूर्वसर्त रहेको उल्लेख गर्नुभयो । सहकारीहरूले सदस्य महिलाको सामाजिक सुरक्षा, नेतृत्व भूमिकामा सहभागिता, निर्णय प्रक्रियामा पहुँच तथा अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै पौडेलले यस्तो खालका तालिमले महिलाको आत्मविश्वास र ज्ञानस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

IMG_7374.JPG
undefined

उहाँका अनुसार, “आर्थिक रूपमा सबल महिला केवल परिवारकै होइन, समग्र समुदायको परिवर्तनकर्ता बन्ने भएकाले महिला सक्षम भए हिंसा स्वतः न्यूनीकरणतर्फ अग्रसर हुने कुरा बताउनु भयो ।

”तालिममा सहभागी महिला कर्मचारीहरूले प्रविधिको सुरक्षित उपयोग, आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमताको विकास तथा कार्यस्थलमा लैंगिक हिंसा रोकथामबारे प्राप्त ज्ञान अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन् ।

६० जनाको उपस्थित रहेको कार्यक्रमको स्वगात सिवाईसी नेपालका सचिव विरवहादुर किसान र सञ्चालन कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार