Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
कास्की बचत संघको २५ औँ स्थापना दिवस

'सबै मिलेर सहकारी क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउनुको विकल्प छैन'

'सबै मिलेर सहकारी क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउनुको विकल्प छैन'

पोखरा, १६ मंसिर । कास्की बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो २५ औँ स्थापना दिवस आइतबार पोखरामा खुल्ला रक्तदान कार्यक्रम गरी मनाएको छ । कास्कीका बचत तथा ऋण सहकारी संस्थाहरुको संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश, सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारी संस्था मार्फत हुने सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमले समुदाय लाभान्वित भइरहेको बताए । सहकारी भनेको पैसा लिने र ऋण दिने मात्र कार्य भएको भन्ने यदाकदा बुझाई छ, यसलाई चिर्न पनि सहकारीको सिद्धान्त अनुरुप समुदाय लक्षित कामहरु गर्दै अगाडि बढ्नु पर्ने समय आएको भनाई अतिथि रिजालले राखेका थिए ।

उनले भने, 'नियमनका क्रममा केही सहकारी संस्थाहरु सदस्य मुखी र सेवामुखी नभई सञ्चालकलाई मात्र फाइदा पुग्ने गरी स्वार्थ बाझिने कार्यमा संलग्न रहेको पाइयो । केही यस्ता सहकारीले गर्दा सहकारी क्षेत्रको छवि धुमिल भएको छ । अब सरकारसँगै नियमनकारी निकाय र जिल्लाका सहकारी संघ र केन्द्रीय सहकारी संघहरु मिलेर सहकारीलाई व्यवस्थित र सुदृढ बनाई लैजानुको विकल्प नभएको रजिष्ट्रार ।’

Kaski Bachat Blood Donate pic_11zon.jpg
खुल्ला रक्तदान कार्यक्रम

नेफ्स्कून सञ्चालक कमला गिरीले सहकारी नियमन प्राधिकरण मार्फत सहकारी संस्थाहरुको नियमन प्रक्रिया र कर्जा सूचना केन्द्रमा दर्ता प्रक्रिया अगाडी बढ्नु स्वागत योग्य रहेको भनाई राखिन् । केही सहकारी संस्थाका अनैतिक क्रियाकलापले असल अभ्यासमा रहेका सहकारीलाई पनि एउटै डालोमा हालेर सहकारीको क्षेत्रलाई सिमित घेरामा राख्न खोजेको हो कि भन्ने शंका उत्पन्न भएको छ भन्दै सञ्चालक गिरीले नियमन मार्फत यसको क्षेत्रलाई व्यापक बनाएर सहकारी मार्फत समृद्धिमा जोड दिनु नै सहकारी संघको माग रहेको बताइन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि.का निवर्तमान अध्यक्ष सावित्री कोइराला, हितैषी सहकारीका अध्यक्ष मदनप्रसाद आचार्य, शिवालय टोल विकास संस्थाका अध्यक्ष मिना ढकाल, शिवालय आमा समूहका अध्यक्ष कल्पना सिग्देलले शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक उपाध्यक्ष ईश्वरप्रसाद सुबेदीले राखेका थिए भने सञ्चालन सचिव मिनराज तिमिल्सिना गरेका थिए । संघमा कास्की जिल्ला भित्रका ३०३ ओटा बचत तथा ऋण सहकारी संस्था सदस्य रहेका छन् ।

    (पोखराबाट श्रीराम सुबेदीद्वारा सम्प्रेषित समाचार)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार