Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'जसले सहकारी प्राधिकरण माग्यो उसैलाई सिध्याउने काम गर्न हुँदैन'

'जसले सहकारी प्राधिकरण माग्यो उसैलाई सिध्याउने काम गर्न हुँदैन'

भक्तपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८२ मंसिर २३ गते भक्तपुर बैंक्वेटमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य (सहकारी विज्ञ) डा. रमेश चौलागाईले सहकारी संस्थाको नियमन तथा वर्गीकरण गर्न प्राधिकरणमा दर्ता गर्नुपर्ने बताए ।

597594256_3753219011479077_4761268390636419787_n.jpg
undefined

उनले भविष्यमा सहकारीको विकृति न्यूनिकरण गरेर जोखिम घटाउनका लागि स्थानिय, प्रदेश र संघीय तहमा दर्ता रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्थाहरु राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता गरेर प्रमाणपत्र लिनुपर्ने बताए । उनले सहकारी सदस्यको हो  यसमा कसैको शंका नरहेको तर व्यवहारमा सहकारी सदस्यको हुन नसक्दा सहकारीमा समस्या आएको बताउँदैं भविष्यमा त्यस्ता समस्या नदोहोरियोस् भन्ने हेतुले प्राधिकरण गठन भएको स्पष्ट पारे ।  उनले सहकारी संघ र संस्था फरक रहेकोले संघको वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । 

598369956_3753218078145837_8204997267884796076_n.jpg
undefined

संघका अध्यक्ष हरिकृष्ण बल्लले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता नभई कर्जा सूचना केन्द्रमा आबद्धता नहुने साथै सहकारीले राज्यबाट प्राप्त हुने अन्य सुविधाबाट समेत विमुख हुनुपर्ने अवस्था आउन सक्ने भएकोले समयमै राष्टि?य सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने धारणा राखे । उनले प्रारम्भिक संस्थाले संघमा राखेको बचत तरलता गणना नहुने नियकीय मापदण्डले प्रारम्भिक संस्थाहरुको बचत शुन्य प्रतिशतमै बैंक वित्तीय संस्थामा राख्न बाध्य पारेको बताए । उनले सदस्य संस्थाको वित्तीय आवश्यकता पुरा गर्न काुनन बमोजिम संघ वित्तीय कारोबार गर्न वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।

संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरण अभियानले नै मागेको बताए । उनले जसले माग्यो उसलाई सिध्याउने गरी संघमा रहेको रकमलाई तरलता गणना नहुने व्यवस्था संशोधन गर्नुपर्ने माग राखे । प्राधिकरणले संघलाई छुट्टै मापदण्ड बनाई संघलाई समेत वर्गीकरण  गरी सहयोगी निकायको रुपमा जीवन्त राख्नुपर्ने उनको भनाइ थियो ।

597115631_3753219778145667_1570681508207812589_n.jpg
undefined

संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले स्वागत मन्तव्य दिदै बहु नियमनकारी निकायको निर्देशन र बहु दर्ता तथा नवीकरण जस्ता कानूनी व्यवस्थाले प्रारम्भिक संस्थाहरुमा अन्यौलता बढेको बताइन् । उनले एकद्धार प्रणलीबाट नियमन तथा अनुगमन गर्नुपर्नेमा दिइन् ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्ने आवश्यक जानकारी प्रस्तुतीमार्फत गराए । उनले अभिलेखिकरण गर्दा आवश्यक कागजातहरुबारे बताए । उनले प्राधिकरणमा समयमै दर्ता गर्न अनुरोध गर्दै संस्थाहरुलाई आवश्यक सहजीकरण गर्न संघ सदैब तयार रहेको जानकारी गराए । संघका सचिव कान्छाभक्त घजुले गरेको कार्यक्रममा आबद्ध सदस्यमध्ये १७२ वटा संस्थाबाट २५३ जनाको  सहभागीता थियो ।

596961897_3753219791478999_1838545309002797007_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार