Jul 30 2026 | २०८३, साउन १४ गते

Jul 30 2026 | २०८३, साउन १४ गते

Follow us
साकोस शिखर गोष्ठी २०८२

'साकोस शिखर गोष्ठीले सहकारी अभियानको अबको बाटो तय गर्नेछ'

'साकोस शिखर गोष्ठीले सहकारी अभियानको अबको बाटो तय गर्नेछ'

काठमाडौं । सन् २०१२ अर्थात् पहिलो अन्तर्राष्ट्रिय सहकारी बर्ष (आईवाईसी) को अवसर पारेर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले पहिलो पल्ट बचत तथा ऋण सहकारीहरु (साकोस) को बोर्ड तथा व्यवस्थापन लक्षित साकोस समिट (साकोस शिखर गोष्ठी) आयोजना गरेको थियो । 

त्यस यता नियमित अन्तराल जस्तैमा गोष्ठी आयोजना गर्दै आएको नेफ्स्कून २०८२ पुस ३ र ४ गते पाँचौं साकोस शिखर गोष्ठीको अन्तिम तयारीमा जुटेको छ । संयोगले यो वर्ष पनि विश्व सहकारी अभियानले दोेस्रो संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष (आईवाईसी) परेको छ । आईवाईसी २०२५ को अन्तिम महिनाको मध्यतिर नेफ्स्कून साकोस शिखर गोष्ठी २०८२ मा जुट्दैछ । नेपालको सहकारी अभियानले आईवाईसी २०२५ को बिदाइ सम्भवतः यही साकोस शिखर गोष्ठी मार्फत नै गर्दैछ किनकि यो बाहेक अरु ठूलो कार्यक्रम यो अंग्रेजी महिनाका लागि तय भएको छैन ।

साकोस शिखर गोष्ठीमा ७ सय बढीको सहभागिता सुनिश्चित भैसकेको छ, प्रस्तुतीकरणका विषय र सहजकर्ताहरु तयार छन् भने व्यवस्थापनको दौडधुप बाक्लिएको छ । सहकारी अभियान चलायमान नभएको अवस्थामा यस्ता गोष्ठीहरुले साकोस अभियानका समसामयिक विषयहरुमा सघन छलफल र मन्थनसहित साझा धारणा विकास गर्ने तथा भावी रणनीति तय गर्न सघाउ पुग्ने विश्वास आयोजकको छ । सँगै साकोस अभियानकर्मीहरुको अनौपचारिक जमघट, अन्तरक्रिया तथा नेटवर्किङ अवसर त छदैछ । साँच्चै मुद्दा केन्द्रीत हुने र सहभागीहरुलाई आफ्ना संस्थाहरुले भोगेका समस्याहरुको वस्तुगत समाधान पस्कने हो भने यस्ता ठूला गोष्ठीहरुले सहकारी अर्थतन्त्र चलायमान पनि बनाउँदछन् । 

सहकारी अभियान भित्र र बाहिरमात्र नभई मुलुक बाहिरका क्रेडिट युनियनका फेडेरेशन तथा अन्य निकायको नेतृत्व गरिसकेका विदेशी विषयविज्ञ समेतलाई बोलाएर कार्यक्रम गर्न नेपालको सहकारी अभियानले सक्छ भन्ने मानक पनि स्थापित गरेको छ । अर्को भनेको, साकोसहरुले तारे होटलहरुमा भव्य कार्यक्रम आयोजना गर्ने ल्याकत राख्दछन् भन्ने सन्देश पनि यस्ता गोष्ठीहरुले प्रवाह गर्दछन् । भलै यो विषयले प्रशस्त बहसको  माग गर्दछ ।

DSC03513_11zon.jpg
नेफ्स्कून सिईओ डा.शिवजी सापकोटा

यो वर्ष नेफ्स्कूनले पहिलो पटक वार्षिक साधारणसभामा हुने सदस्य सहभागितासँग जोडेर सफल अन्तर्राष्ट्रिय सहकारी अभ्यासलाई आन्तरिकीकरण गर्दै समिट आयोजनाको मिति तय गरेको छ । आईसीए कंग्रेस, कोअपरेटिभ फोरम, अकू फोरक, वल्र्ड क्रेडिट युनियन कन्फरेन्श जस्ता सफल अन्तर्राष्ट्रिय अभ्यासको सिको गर्दै नेफ्स्कूनले पनि यो नौलो अभ्यासको थालनी गरेको छ । दर्ता शुल्क कम गरेर वार्षिक साधारणसभासँगै जोडेर यस्ता गोष्ठी आयोजना गर्दा सहभागी जुटाउन हम्मेहम्मे पर्दैन भन्ने पनि यो पटकको आयोजनाले सन्देश प्रवाह गरिसकेको अवस्था छ । सहकारीकर्मीहरुका लागि साकोस समिट पशुपतिको जात्रा सिद्राको व्यापार पनि हुने भएको छ । यसले गर्दा पनि सहभागिता बढेको छ ।

अर्कोतर्फ, स्वनियमनको अभ्यासमा रहेको नेपालको सहकारी अभियान अब बिस्तारै सघन नियमनको चरणमा चाहँदानचाहँदै पनि प्रवेश गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पखेटा फिजाउन थालेको छ । सहकारी विभागदेखि मुलुकभरका ७५३ वटै स्थानीय तहहरु पनि सहकारी विषयप्रति सचेत बन्दै छन् । 

DSC03517_11zon.jpg
नेफ्स्कून सिईओ डा.शिवजी सापकोटा

सहकारीका करिब ८ सय नियामकहरु चलायनमान बन्दै गरेको परिप्रेक्ष्य र कानूनी प्रबन्धहरु कसिलो हुँदै गएको अवस्थामा  सहकारीको सर्वव्यापी मूल्य, मान्यता र सिद्धान्तलाई अक्षुण राख्नुपर्ने संगीन अवस्थामा मुलुकको सहकारी अभियान उभिएको छ । यसैकारण पनि स्वनियमनलाई छायाँमा पारेर सघन नियमनतर्फ अघि बढेको नेपालको सहकारी अभियानले अब कसरी आफूलाई अघि बढाउने, नेतृत्वले के कस्ता विषयमा हेक्का राख्नुपर्ने र रणनीतिक रुपमा के कस्ता समायोजनहरु गर्नुपर्ने विषयमा गोष्ठीमा छलफल हुने नेफ्स्कूनले जनाएको छ ।

यसै सन्दर्भमा धिप्रीडटकमले आसन्न साकोस शिखर गोष्ठीसँगै नेफ्स्कूनको ३४औं वार्षिक साधारणसभा, वित्तीय अवस्था र पछिल्लो कार्यक्रमका रुपमा लागू गरेको स्क्यानबारे फेडेरेशनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटासँग अन्तर्वार्ता गरेको छ । प्रस्तुत छ, उक्त अन्तर्वार्ताको सम्पादित अंश:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार